Logo

मतपेटिकामा रहेको मत संख्यालाई आधार मानेर मतगणना गर्न आयोगको निर्देशन

सार १७, २०७४ काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतगणनाको क्रममा मतपेटिकामा रहेको मत संख्यालाई नै वास्तविक मत संख्या मानेर मतगणना गर्न निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको आयोगको बैठकले मतपेटिकामा रहेको मत संख्यालाई  आधार मानेर मत गन्न  मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो ।  

दोस्रो चरणमा सम्पन्न गाउँपालिका नगरपालिका निर्वाचनको मत गणनाको क्रममा कुनै स्थानीय तहमा मतदान अधिकृतले उल्लेख गरेको मतपत्रको सङ्ख्या र मतगणनाको क्रममा देखिएको मतपत्रको संख्यामा फरक परेका घटना देखिएपछि आयोगले पछिल्लो निर्णय लिएको हो ।

रितपूर्वक मतदान सम्पन्न भई मतपेटिका सिलबन्दी गरिएको र मतपेटिकामा लगाइएका सुरक्षण सिल दुरुस्त रहेकोमा मतपेटिकामा देखिएको मतसङ्ख्यालाई नै वास्तविक मतसङ्ख्या मानेर गणना गर्न सबै निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

   रासस

 

प्रतिक्रिया दिनुहोस्