डेढ बजेसम्म ५३ प्रतिशत मत खसेको दावी (जिल्लागत सुचीसहित)
असार १४, २०७४ – स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत बुधबार भएको मतदानमा दिउँसो डेढ बजेसम्म ५३ प्रतिशत मत खसेको छ ।
प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचनका लागि जारी रहेको मतदानमा दिउँसो १:३० बजेसम्म करिव ५३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त पछिल्लो विवरण अनुसार, सबैभन्दा बढी उदयपुर र डडेलधुरामा ६५ प्रतिशत मतदान भएको छ ।
यसैगरी, सोलुखुम्बु, भोजपुर, खोटाङ लगायतका १२ जिल्लामा ६० प्रतिशतभन्दा बढी मतदान भइसकेको जानकारी आएको आयोगले जनाएको छ । अन्य जिल्लाहरुमा पनि हालसम्म ५० प्रतिशतभन्दा बढी वा ५० प्रतिशतको हाराहारीमा मतदान भइसकेको समेत आयोगको भनाइ छ ।