Logo

प्रधानमन्त्री देउवा भोट माग्दै गृह जिल्लामा

सार ११, २०७४  डडेल्धुरा –  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा निर्वाचनको लागि आफ्नो गृह जिल्लाको सदरमुकाम खलङगा डडेल्धुरा पुगेका छन्। प्रदेश नम्बर सातको भ्रमणमा आएका देउवा आइतबार बिहान मात्र गृह जिल्लाको सदरमुकाम पुगेका हुन्। प्रधानमन्त्री देउवाले हिजो जिल्लाको भित्री मधेस क्षेत्रमा नेपाली कांग्रेसले आयोजना गरेका चुनावी सभालाई सम्बोधन गरी उनी जिल्ला सदरमुकाम आएको बुझिएको छ ।

  प्रधानमन्त्री देउवाले शनिबार जिल्लाको भित्री मधेस क्षेत्रमा पर्ने आलिताल गाउँ पालिकाको परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए। यस्तै  हिजो नै भित्री मधेसकै परशुराम नगरपालिकाको लालढुङ्गामा आयोजित चुनावी सभालाई पनि सम्बोधन गरेको नेपाली कांग्रेस डडेल्धुराका उपसभापति तथा प्रचारप्रसार समिति संयोजक करुणकर भट्टले जानकारी दिए। देउवा हिजो राति डोटीको बुडरमा बास बसेका थिए।  प्रधानमन्त्री देउवा आइतबार चुनावी कार्यक्रममा धेरै व्यस्त रहने बताईएको छ । उनले बिहान १० बजे आयोजना हुने नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकाको संयुक्त आयोजनामा मष्टामाण्डौँको सहकार्यमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने  कार्यक्रम छ।

  श्री  देउवाले १२ बजे अमरगढी नगरपालिकाको आयोजनामा बसपार्कमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली काँग्रेसको कार्यालय डडेल्धुराले जनाएको छ।यस्तै आज नै दिउँसो २ बजे भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाको संयुक्त आयोजनामा बगरकोटमा हुने कार्यक्रलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । १२ र १३ गते जिल्ला सदरमुकाममा देउवाले कार्यकर्ता संग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । प्राप्त सूचनाका अनुसार प्रधानमन्त्री देउवा स्थानीय तहको निर्वाचनमा मतदान गरेर मात्रै राजधानी काठमाण्डौं फर्किने जानकारी गराईएको छ । जन्मस्थल असिग्राम गाविस वडा नम्बर ६ रुवाखोलाका स्थायी बासिन्दा देउवा स-परिवार सहित निर्वाचनको लागि डडेल्धुरा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्