Logo

तथ्यांक सार्वजनिक गर्दा तलमाथि गरेको आरोप : भरतपुरमा मतगणना स्थगित

स्तावेज संवाददाता,जेष्ठ ५, २०७४- मतगणनामा तलमाथि गरिएको आरोप लगाउँदै कांग्रेस, माओवादी केन्द्र र राप्रपाका कार्यकर्ताले मत गणनास्थल बाहिर नाराबाजी गरेपछि भरतपुरमा मतगणना स्थगित भएको छ । मतगणना भइरहेको बेलामा ९ नम्बर वडाको मत गन्दै गर्दा माओवादी कार्यकर्ताले ९ नम्बर वडाको सुरुवाती मत गन्दा रेणु दाहालले अग्रता लिएपनि पछि मत तलमाथि गरिएको आरोप लगाएका छन् । उनीहरुले सदर र बदर मतको संख्या सार्वजनिक नगरिएको, तथ्यांक सार्वजनिक गर्दा तलमाथि गरेको आरोप निर्वाचन अधिकृतमाथि लगाएका छन् । 

 

 स्थिती तनावग्रस्त भएपछि भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ । माओवादी कार्यकर्ताले अहिले मतगणना स्थलबाहिर नाराबाजी गरिरहेका छन् ।  निर्वाचन अधिकृतहरू सर्वदलीय बैठक बोलाएर सहमतिको प्रयास गरिरहेका छन् । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले माओवादी र कांग्रेसकी संयुक्त उम्मेदवार रेणु दाहाल ३४६ मतले पछि परेकी छन् । लगातार अग्रता लिइरहेका ज्ञवालीलाई करिब एक घण्टाअघि भने रेणुले १४७ मतले पछाडि पारेकी थिईन्। ताजा अवस्थामा देवीको १५ हजार एक सय ५५ मत आएको छ । रेणुले भने भने १४ हजार आठ सय नौ मत प्राप्त गरेकी छिन् । राप्रपाका उम्मेदवारले एक हजार एक सय ५० मत ल्याएका छन् । उपमेयरमा कांग्रेस बलियो अवस्थामा देखिएको छ । कांग्रेस उम्मेदवारले १७ हजार ५१ मत ल्याउँदा एमाले उम्मेदवारले १३ हजार एक सय ३४ मत प्राप्त गरेकी छिन् । राप्रपा उम्मेदवारको एक हजार दुई सय ८१ मत छ ।

प्रतिक्रिया दिनुहोस्