Logo

देशकै दोस्रो महिला मेयर बनिन् सिमा क्षेत्री

स्तावेज संवाददाता,स्याङ्जा, ४ जेठ,२०७४ स्याङ्जा पुतलीबजार नगरपालिकाको मेयरमा नेकपा एमालेकी सीमा क्षेत्री र उप–मेयरमा महेश पुरी निर्वाचित भएका छन्  । मेयर उप–मेयर सँगै एमालेले वडाध्यक्ष र सदस्यमा पनि भारी नतिजा ल्याएको छ । क्षेत्रीले १० हजार २ सय ४९ मत ल्याएकी छन्। उनी यो चुनावमा निर्वाचित हुने दोस्रो महिला मेयर हुन् । यसअघि जुम्लाको चन्दननाथ नगरपालिकाकी कान्तिका सेजुवाल नेपाली कांग्रेस पार्टीबाट मेयर निर्वाचित भएकी थिइन् ।एमालेका तर्फबाट भने उनी पहिलो महिला मेयर निर्वाचित भएकी हुन्।

   पुतलीबजार नगरपालिकाको उपमेयरमा पनि एमालेकै महेश पुरीले १० हजार २ सय ८८ मत प्राप्त गरेका छन् । सीमा क्षत्री एमालेले स्थानीय तहको प्रमुखमा उठाएका १६ जना महिला उम्मेदवार मध्येकी एक हुन् । यस सँगै उनी  एमालेमा जित्ने पहिलो म्याडम मेयर पनि हुन् ।  मत गणनाको नतिजा आउनु अघिसम्म उनलाई पुतलीवजारमा एमाले कमजोर रहेकाले जित्न नसक्ने उम्मेदवारका रुपमा चित्रण गरिन्थ्यो । तर, तर नतिजा उल्टो भयो सीमाले आफ्ना निकटतम प्रतीद्दन्दीलाई पछार्दै शानदार बिजय हासिल गरिन्। सानै उमेरदेखि समाजिक काममा सक्रिय सीमा बिध्यार्थी जीवन देखि नै राजनीतिमा लागेकी थिइन् । जसको त्यागको परिणाम पुतलीवजारको निर्वाचित मेयरसम्म आइपुगेको छ । 

     स्याङजाको लोकप्रिय माविको प्रधानाध्यापक बाट रिटायर्ड भएकी सीमा अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य, शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष, एमाले प्रदेश नम्बर चारको सदस्य समेत छिन् ।  निरन्तर सामाजिक काममा भिजेकी सीमासँग पुतली बजारलाई समृद्ध बनाउने योजना छ, जसलाई उनले विभिन्न चरणमा बाँडेर पाँच बर्षमा पूरा गर्ने वताउँछिन् उनी । ‘यो जिम्मेवारी सम्हाल्दा मैले आफूलाई मेरो पार्टीको मात्रै होइन, सिंगो पुतली बजारका सम्पूर्ण जनताको प्रतिनिधि बनेर काम गर्नु पर्ने बुझेकी छु’ उनले भनिन्, ‘मलाई भोट दिनेको त म मेयर हुँदै हुँ, भोट नदिनेको पनि म त्यत्तिकै मेयर हुँ । पार्टी भन्दा माथि उठेर पुतलीबजारलाई नमुना नगर बनाउँछु ।’ 

प्रतिक्रिया दिनुहोस्