Logo

सिन्धुलीको छ गाउँपालिकाको परिणाम घोषणा, कांग्रेस तीनमा बिजयी

जेष्ठ ४, २०७४- सिन्धुलीको ९ वटा स्थानीय तह अन्तर्गत ७ वटा गाउँपालिकामा तीनवटामा विजय हासिल गरेर कांग्रेसले अग्रता लिएको छ । तीनपाटन गाउँपालिकामा झिनो मत अन्तरले कांग्रेसका कर्णबहादुर थापामगर अध्यक्षमा विहीबार विजयी भएका छन् । उनले १९ मतान्तरले जीत हात पारेका हुन् । गाउँपालिका अध्यक्षमा निर्वाचित थापामगरले ५७०१ मतले विजयी भए भने उनका निकटतम प्रतिद्धन्दी एमालेका छत्र दाहालले ५६८२ मत प्राप्त गरेका थिए ।

गाउँपालिका मध्ये सबै भन्दा धेरै ११ वडा र मतदाता रहेको तीनपाटन गाउपालिकामा अध्यक्षसहित कांग्रेसले पाँच वडामा जित हासिल गरेको छ भने एमालेले उपाध्यक्ष सहित पाँच वाडमा नै विजय हासिल गरेको छ । एउटा वडामा माओवादी केन्द्रले प्यानल नै जितेको छ ।
यसअघि कांग्रेसले गोलन्जोर र घ्याङलेक गाउँपालिकामा बहुमत वडाध्यक्ष सहित अध्यक्ष, उपाध्यक्ष दुवै पदमा विजयी हासिल गरेका छन् । त्यस्तै माओवादी केन्द्रले मरिण गाउँपालिकाको अध्यक्षसहित सबै पदमा र हरिहरपुरगढी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित बहुमत वडाध्यक्ष जितेको छ । एमालेले फिक्कल गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित बहुमत वडाध्यक्ष जितेको छ । मतगणना जारी रहेको सुनकोशी गाउपालिकामा माओवादी केन्द्रले अग्रता  लिएको छ ।  

कान्तिपुर

प्रतिक्रिया दिनुहोस्