Logo

निर्वाचनमा डोल्पा र मनाङका रेकर्डहरु

स्तावेज संवाददाता काठमाण्डौं ,जेष्ठ ४, २०७४- पहिलो चरणको स्थानीय निर्वाचनमा अहिलेसम्ममा डोल्पा र मनाङले विभिन्न किसिमका रेकर्डहरु राखेका छन् । कतै अत्याधिक प्रतिशत मतान्तरमा जितेका छन् भने कतै ज्यादै थोरै मतले विजय पाएका छन् । 

             डोल्पा

 ११५० प्रतिशत बढी

डोल्पाको काईके गाउँपालिकामा जित्ने एमालेका अंगद रानाले ९२० मत ल्याएका छन् भने निकटतम  प्रतिद्दन्दी काँग्रेसका हिराबहादुर रोकायले ८० मत ल्याएका छन् । जित्नेले आफ्ना निकटतम् प्रतिद्दन्दीले भन्दा ११५० प्रतिशत बढी मत ल्याएका छन् । 

                        चामे

  सबैभन्दा कम मतको विजय 

मनाङको पोल्टामा भने सबैभन्दा कम मतले जित्ने रेकर्ड परेको छ । मनाङको चामे गाउँपालिकामा एमालेका लोकेन्द्रबहादुर घलेले जम्मा २ सय १४ मत ल्याएका प्रमुखमा निर्वाचित भए । उनको निकटतम प्रतिद्दन्दी अनिता लामाले १ सय ७३ मत पाए ।                                              नारफु

त्यसो त सबैभन्दा कम मतदाता भएको गाउँपालिका मनाङको नारफु हो । त्यहाँको कुल मतदाता ३ सय ६२ रहेका छन् । मनाङको नारफु र डोल्पाको शे–फोक्सुण्डोमा गाउँपालिका प्रमुखलाई निर्विरोध चयन गरेको पनि रेकर्ड छ । स्मरण रहोस् शे–फोक्सुण्डोको कुल मतदाता १ हजार ४ सय ६६ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्