Logo

स्थानिय निर्वाचन : पहिलो पटक चेपाङको उत्साहजनक जित

स्तावेज संवाददाता जेष्ठ ४, २०७४- स्थानीय निर्वाचनमा पहिलो पटक धादिङको गजुरी गाउँपालिका वडा नं  ४ को वडाध्यक्षमा सुरेन्द्र चेपाङ विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार चेपाङ २ सय ५९ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् ।

                उनका निकटतम प्रतिद्दन्दी नेकपा एमालेका बगरबहादुर तामाङलाई २० मतले पछि पार्दै विजयी भएका चेपाङले आफनो वडामा मोटर चल्न सक्ने सडक निर्माण र चेपाङ बालबालिकाहरुको शिक्षासँगै भूकम्पपीडित चेपाङहरुको उत्थानको लागि आफू काम गर्ने बताए । ‘भूकम्पपछि गाउँबस्तीमा पानी छैन । गाउँ जाने बाटोको नक्सामात्रै छ । शिक्षा,स्वास्थ्य,खानेपानी जस्ता दैनिक आधारभुत आवश्यकताको समेत परिपुर्ती हुन नसकेको उनको गाउँमा सर्वप्रथम खानेपानी र बाटोघाटोको लागि आफूले काम गर्ने दृढटा ब्यक्त गरेका छन् ।

            बाटो बन्ने आशामा धेरै पटक भोट हाले पनि यहाँका चेपाङले आश्वासन बाहेक केही पाएनन् । ‘अब स्थानीय जनप्रतिनिधि आयो । अब आफनो पुरै गाउँलाई विकास गरी सुखी र खुसी बनाउन हरदम लाग्नेछु’, चेपाङले भने । नेपाल चेपाङ संघ, केन्द्रीय कार्यसमितिले विजयी चेपाङलाई बधाई तथा शुभकामना दिएको छ । 

प्रतिक्रिया दिनुहोस्