Logo

ताजा खवर : नेपालकै पहिलो महिला मेयर कान्तिका सेजुवाल

स्तावेज संवाददाता,जेष्ठ , ४ २०७४,नेपालगन्ज – जुम्लाको चन्दननाथ नगरपालिकामा २० वर्षपछि भएको स्थानीय निर्वाचनमा आफ्ना निकटतम प्रतिद्दन्दी नेकपा एमालेका शान्तिलाल महतलाई ७११ मतले पराजित गर्दै नेपाली कांग्रेसकी महिला नेत्री कान्तिका सेजुवाल यसपालिको स्थानीय निर्वाचनमा पहिलो महिला मेयर बन्ने सौभाग्य प्राप्त गरेकी छिन् ।

               दुई वर्षअघि विमान दुर्घटनामा नेपाली कांग्रेसमा सक्रिय समाजसेवी आफ्नो श्रीमानलाई गुमाउनुपर्दाको कठिन क्षण उनको मानसपटलमा ताजै छ । कयौं दिन शोक र बेदनाले उनि निकै छटपटाएकी थिईन्  श्रीमान बिनाको जीवन आफूलाई निकै कमजोर र एक्लो महशुस गरेकी थिइन् । तैपनि उनले आफ्नो मनलाई आफैं सम्झाउँदै  धैर्य र साहसकासाथ परिस्थितिको मुकाविला गरि अगाडि बढ्न थालिन् । अन्तत: दिवंगत श्रीमान मानव सेजुवालले कोरेको बाटोमा हिँड्ने दृढ अठोट गरेर नेपाली कांग्रेसको राजनीतिमा हाम फाल्ने निधो गरिन् । शुन्यबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेकी उनलाई राजनीति सोचेजस्तो सहज थिएन। तैपनि उनले हिम्मत हारिनन् ।
नेपाली कांग्रेसको राजनैतिक  जीवनको लगातारको साधनाको परिणाम स्वरुप , २० वर्षपछि भएको स्थानीय निर्वाचनमा उनी मेयर बन्ने पहिलो महिला बन्न सफल भएकी छन् । उनले १० वटा वडा रहेको नगरपालिकामा २७७७ मत प्राप्त गरेकी थिइन्। गत महिना उनलाई मेयर पदका लागि सिफारिस हुँदा थुप्रै आलोचना भएको थियो। तर, पार्टी ‘हाइ कमाण्ड’ ले उनीमाथि ठूलो विश्वास देखायो र आलोचनाका बाबजुद उनलाई मेयरको टिकट दिने निर्णय गर्यो। अहिले कान्तिका पार्टीले आफूमाथि देखाएको विश्वासप्रति कृतज्ञ छिन्। र, आफूमाथि जिम्मेवारी थपिएको महसुस गर्छिन्।

         कान्तिकाका श्रीमान मानव सेजुवाल पनि यो क्षेत्रमा निकै लोकप्रिय नेताका रुपमा चिनिन्थे । २०७१ सालमा काठमाडौंबाट नेपाल एयरलाइन्स चढेर जुम्ला जाने क्रममा उनको विमान दुर्घटनामा निधन भएको थियो। उनको निधनपछि नेपाली कांग्रेसले जुम्लामा ठूलो क्षति बेहोरेको महसुस गरेको थियो ।  कान्तिका आफ्नो श्रीमानले जुम्लीहरुको जीवनशैली उकास्न देखेको सपना आफूले पूरा गर्ने बाटोतर्फ लाग्ने बताउँछिन्। ‘उहाँलाई म निकै मिस गरिरहेको छु। उहाँले जुम्लावासीको जीवनस्तर उकास्न देख्नुभएको सपना पुरा गर्नु मेरो पहिलो उद्देश्य हुनेछ,’ उनले भनिन्।
उनी जुम्लाको सामुदायिक स्कुल कर्णालीकी शिक्षिका पनि हुन्। उनले दुईवटा विषयमा प्रथम श्रेणिमा स्नातकोत्तर गरेकी छन् । २ छोरी र २ छोराकी आमासमेत रहेकी ४५ वर्षीय कान्तिका जुम्लावासीले आफूमाथि देखाएको प्रेम र विश्वासमा खरो उत्रिने बताउँछिन् ।

 

प्रतिक्रिया दिनुहोस्