Logo

ताजा अपडेट : चार महानगरपालिकामा मतगणना जारी, एमाले र कांग्रेस अग्रपंक्तिमा

स्तावेज संवाददाता,जेष्ठ , ४ – २०७४,काठमाण्डौं, स्थानिय निर्वाचनबाट देशका चार महानगरपालिकामा हालसालै  प्राप्त हुनगएको मतगणना मध्ये काठमाण्डौं ,ललितपुर ,भरतपुर र पोखरा महानगरपालिकामा एमाले र कांग्रेस को अग्रता देखिएको छ  भने माओवादी केन्द्र पछि पछि छ । भरतपुर र काठमाडौंको मतअन्तर भने निकै कम छ । हालसम्मको मतगणनामा एमालेको तर्फबाट ६३ विजयी ५३ अगाडि नेपाली कांग्रेसको तर्फबाट ६२ विजयी ४० अगाडि माओवादीको तर्फबाट२७ विजयी  १६ अगाडि अन्य पार्टीको तर्फबाट ४ विजयी  ३ अगाडि राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट विजयी १ विजयी  ३ अगाडि रहेका छन्  ।  अग्रता लिएको एमालेले काठमाडौंमा कांग्रेससंग, ललितपुरमा कांग्रेससंग, भरतपुरमा  माओवादी केन्द्रसंग,  र पोखरामा  कांग्रेस उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहेको छ । 

            काठमाण्डौं महानगरपालिकाबाट प्रतिस्पर्धी मेयर पदको उम्मेदवारीमा  एमालेका बिध्यासुन्दर शाक्य  ४३१७ मतले अग्रपंक्तिमा छ्न भने उनका निकटतम प्रतिद्दन्दी नेपाली कांग्रेसका राजुराज जोशी २४७२ मत पाएर पछाडि परेका छन । त्यसै गरी उपमेयरमा नेपाली कांग्रेसका हरिप्रभा खड्गी श्रेष्ठ ३११५ मत प्राप्त भएको छ भने राप्रपाका राजाराम श्रेष्ठको २९३६ मत प्राप्त भएको छ ।  

         ललितपुरबाट मेयर पदको उम्मेदवारीमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन ९४३२  मत पाएर अग्रपंक्तिमा छन भने एमालेका हरिकृष्ण ब्यञ्जनकार ९२७२ मत पाएर पछाडि परेका छन । त्यसैगरि उपमेयर पदमा नेपाली कांग्रेसकी गीता सत्याल ५७७३ मत पाएर अग्रपंक्तिमा छिन भने अन्य पार्टीकी  शोभा शाक्य ४०१५ मत पाएर पछाडि परेकी छिन् । 

           भरतपुर महानगरपालिकाको मेयर पदको उम्मेदवारीमा एमालेका देवी ज्ञवालीले ६८०० मत पाएर अग्रपंक्तिमा छन भने नेकपा माओवादी की रेणु दाहालले ५०८९ मत पाएर पछाडि परेकी छिन । उपमेयर पदमा नेपाली कांग्रेसकी पार्वती शाह्ले ५९५५ मत ल्याएर अग्रपंक्तिमा छिन भने एमालेका दिव्य आचार्यको ५७२९ मत आएको छ ।  

          पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवारी मा नेपाली कांग्रेसका रामजी कुंवरले ७८०० मत प्राप्त गरेर अग्रपंक्तिमा छन भने एमालेका मानबहादुर जिसी  ७५४० मत प्राप्त गरि पछाडि परेका छन । त्यसैगरि उपमेयर पदको उम्मेदवारी मा एमालेकी मन्जुदेवी गुरुङले  ७३०९ मत प्राप्त गरि अग्रपंक्तिमा रहेकी छन भने नेपाली कांग्रेसकी सरस्वती गुरुङले ६७७५ मत प्राप्त गरि पछाडि परेकी छिन । पोखरा र ललितपुरबाहेक काठमाडौं र भरतपुरमा कुल मतदाताको ५० प्रतिशत मत पनि गणना भएको छैन । 

प्रतिक्रिया दिनुहोस्