Logo

काठमाडौं ३२ को मतगणना स्थगित गरिएको खवर

स्तावेज संवाददाता,जेठ,३,२०७४,दलका प्रतिनिधि र मतगणना खटिएका कर्मचारीबीच विवाद भएपछि काठमाडौं महानगरपालिका ३२ नम्बर वडाको मतगणना स्थगित गरिएको छ । निर्वाचन आयोगले बुधबारदेखि ११ स्थानमा लगातार रुपमा मतगणना गरिरहेको थियो । यसमध्ये ३२ नम्बर वडाको मतगणनामा खटिएका आयोगका कर्मचारीले गणना हुँदा बोलेको भन्दा फरक अंक टिपेको भन्दै दलका प्रतिनिधिहरुबीच विवाद भएपछि गणना रोकिएको हो । विवादले चर्को रुप लिएपछि दलका प्रतिनिधिहरु गणनास्थलबाट बाहिरिएका छन् । दलका प्रतिनिधिले आयोगका कर्मचारी परिवर्तन गर्नुपर्ने माग राखेका छन् । 

प्रतिक्रिया दिनुहोस्