Logo

ललितपुरकी २३ वर्षीया रञ्जु तिलाङ्गी निर्विरोध निर्वाचित

स्तावेज संवाददाता,जेठ,३,२०७४ एक सामाजिक अभियन्ताको रुपमा चिर परिचित रन्जु रञ्जु तिलाङ्गी ललितपुर महानगरपालिका वडा नं ३ मा एमालेबाट दलित महिला सदस्य कोटामा २३ वर्षीया रञ्जु निर्विरोध निर्वाचित भएकी हुन् । पहिलो चरणको स्थानीय तह निर्वाचनमा विजयी हुने उनी अहिलेसम्मकी कान्छी हुन् । 

      हिजोसम्म  रञ्जुको परिचय समाजसेवी र सामाजिक विभेद विरोधी अभियन्ताको थियो । अब उनले नयाँ परिचय पाएकी छन् नेत्री । त्यो पनि कम उमेरमा विजयी भएर ।कतै सामाजिक विभेद र दुर्व्याहार गरेको देखे तुरुन्त प्रतिकारमा उत्रन्छिन् । कुनै ठूलो संस्थाको साथबिना यस्तो परिवर्तनले ठूलो सफलता नपाउने देखेपछि तीन वर्षअघि उनी राजनीतिक दलमा आबद्ध भएकी थिईन् । सामाजिक क्षेत्रमा लाग्न संगठन र आर्थिक अवस्थाले हम्मेहम्मे पार्थ्यो । चुनाव जितेपछी उनको आत्मविश्वास पलाएको छ ,भावी दिनहरुमा दिल खोलेर सामाजिक विभेदविरुद्ध काम गर्ने उनको योजना रहेको छ ।

     सदस्य पदमा उम्मेदवारी दिन एक एनजीओको जागिरबाट राजीनामा गरेकी रञ्जुलाई मंगलबार बाजागाजासहित नगर परिक्रमा गराईएको छ । ललितपुर–३ ठाडोढुंगाकी रञ्जु सामाजिक दुर्व्याहार नियन्त्रणका साथै घरपरिवारका झै-झगडा मिलाउन समेत अग्रसर भइहाल्छिन् । सकभर सबैलाई समान व्यवहार भए हुन्थ्यो भन्ने चाहना राख्ने उनले भनिन्, ‘अब आफूले गरेका प्रतिबद्धता कार्यान्वयन गर्नेछु ।’ सामाजिक विभेद सदाका लागि अन्त्य गर्ने आफ्नो लक्ष्य रहेको उनले सुनाइन् ।’ सहरी क्षेत्रमा कम भए पनि छुवाछूत जस्ता सामाजिक दुर्व्याहारका घटना महानगरपालिकाकै काँठ क्षेत्रमा दोहोरिने गरेको उनको अनुभव छ । 

प्रतिक्रिया दिनुहोस्