Logo

काभ्रेको नमोबुद्ध ४ र धुलिखेल १२ मा निर्वाचन जारी

जेष्ठ ३, २०७४- वैशाख ३१ गते स्थगित भएको बुधबार स्थानीय तहको निर्वाचन नमोबुद्ध ४ र धुलिखेल १२ मा अहिले हुँदैछ । एक युवकको मृत्युको बिषयलाई लिएर स्थगित भएको नमोबुद्ध नगरपालिका ४ को निर्वाचन बुधबार हुन लागेको हो । यसअघि धुलिखेल १२ मा पनि राप्रपाका तर्फबाट वडा सदस्य पदका उम्मेदवार सुकुलाल तामाङको मृत्यु भएपछि स्थगित भएको निर्वाचन पनि भइरहेको छ । 

दुवै स्थानमा निर्वाचन शान्तीपूर्ण रुपमा सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले जानकारी दिए । नमोबुद्ध ४ को जनक उच्च माविको मतदान केन्द्र क र ख मा १३ सय ७२ मतदाता छन् । धुलिखेल १२ को इटे सामुदायिक भवनमा ७ सय ७४ र शंखेश्वरी मावि क र ख मतदानकेन्द्रमा ११ सय ४२ मतदाता छन् । 

 

प्रतिक्रिया दिनुहोस्