Logo

चार महानगरपालिकामा मतगणना जारी : एमाले फेरि अग्रपंक्तिमा

स्तावेज संवाददाता,जेष्ठ २, २०७४,को निर्वाचनबाट देशका चार महानगरपालिकामा हालसालै  प्राप्त हुनगएको मतगणना मध्ये काठमाण्डौं ,ललितपुर ,भरतपुर र पोखरा महानगरपालिकामा एमालेको अग्रता देखिएको छ  । भरतपुर र काठमाडौंको मतअन्तर भने निकै कम छ । हालसम्मको मतगणनामा एमालेको तर्फबाट १७  विजयी  ९०  अगाडि नेपाली कांग्रेसको तर्फबाट १५  विजयी  ८१  अगाडि माओवादीको तर्फबाट १२  विजयी ३४  अगाडि अन्य पार्टीको तर्फबाट २  विजयी  ४  अगाडि राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट विजयी २  अगाडि रहेका छन्  ।  अग्रता लिएको एमालेले काठमाडौंमा कांग्रेससंग, ललितपुरमा कांग्रेससंग, भरतपुरमा  माओवादी केन्द्रसंग,  र पोखरामा  कांग्रेस उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहेको छ । 

              काठमाण्डौं महानगरपालिकाबाट प्रतिस्पर्धी मेयर पदको उम्मेदवारीमा  एमालेका बिध्यासुन्दर शाक्य  ७५७ मत मतले अग्रपंक्तिमा छ्न भने उनका निकटतम प्रतिद्दन्दी नेपाली कांग्रेसका राजुराज जोशी  ६२५ मत पाएर पछाडि परेका छन । त्यसै गरी उपमेयरमा नेपाली कांग्रेसका हरिप्रभा खड्गी श्रेष्ठ -६८५ मत प्राप्त भएको छ भने राप्रपाका राजाराम श्रेष्ठ ३८७ मत प्राप्त भएको छ ।  

           ललितपुरबाट मेयर पदको उम्मेदवारीमा एमालेका हरिकृष्ण ब्यञ्जनकार ४८११ मत पाएर अग्रपंक्तिमा छन भने नेपाली कांग्रेसका चिरीबाबु महर्जन ४७८९ मत पाएर पछाडि परेका छन । त्यसैगरि उपमेयर पदमा नेपाली कांग्रेसकी गीता सत्याल ३७१० मतपाएर अग्रपंक्तिमा छिन भने राप्रपाका बाबुकाजी प्रधान  २१११ मत पाएर पछाडि परेका छन् । 

               भरतपुर महानगरपालिकाको मेयर पदको उम्मेदवारीमा एमालेका देवी ज्ञवालीले १६२१ मत पाएर अग्रपंक्तिमा छन भने नेकपा माओवादी की रेणु दाहालले १२६४ मत पाएर पछाडि परेकी छिन । उपमेयर पदमा नेपाली कांग्रेसकी पार्वती शाह्ले १५२७ मत ल्याएर अग्रपंक्तिमा छिन भने एमालेका दिव्य आचार्यको  १२७८ मत आएको छ ।  

                 पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवारी मा एमालेका मानबहादुर जि .सी .ले ४६०३ मतप्राप्त गरेर अग्रपंक्तिमा छन भने नेपाली कांग्रेसका रामजी कुंवरले  ३४७२ मतप्राप्त गरि पछाडि परेका छन । त्यसैगरि उपमेयर पदको उम्मेदवारी मा एमालेकी मन्जुदेवी गुरुङले  ४४७२ मत प्राप्त गरि अग्रपंक्तिमा रहेकी छन भने नेपाली कांग्रेसकी सरस्वती गुरुङले ३३२२ मत प्राप्त गरि पछाडि परेकी छिन । पोखरा र ललितपुरबाहेक काठमाडौं र भरतपुरमा कुल मतदाताको ५० प्रतिशत मत पनि गणना भएको छैन । 

प्रतिक्रिया दिनुहोस्