Logo

दैलेखको नारायण नगरपालिकाको मेयर तथा उपमेयरमा एमाले विजयी

स्तावेज संवाददाता,काठमाडौं,जेष्ठ २, २०७४- दैलेखको नारायण नगरपालिकाको मेयर तथा उपमेयरमा दुवै पदमा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । एमाले उम्मेदवार रत्नबहादुर खड्का ४ हजार ७ सय २५ मत र सावित्री मल्ल ४ हजार ८ सय ६६ मत ल्याएर विजयी भएकी हुन् ।यि दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु निकटतम प्रति प्रतिद्दन्दी थिए । कांग्रेसको तर्फबाट मेयरका पराजित उम्मेदवार मणिराम रेग्मीले ४ हजार ४ सय ४७ र उपमेयरकी उम्मेदवार ४ हजार २ सय ५८ मत ल्याएकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्