Logo

स्थानिय निर्वाचन : ८० वर्षमा वडाध्यक्ष र ८६ वर्षमा वडासदस्य

स्तावेज संवाददाता,काठमाडौं, २ जेठ । दुई दशकपछि भएको स्थानीय तह निर्वाचनको मतगणना द्रुतगतिले चलिरहेको छ ।  विजयीहरुको मतपरिणाम पनि आइरहेको छ ।स्थानिय ईकाईहरुबाट परिणामहरु प्राप्त भईरहेका   छन् । यसैक्रममा सिन्धुपाल्चोक र धादिङमा ८० र ८६ वर्षका जेष्ठ नागरिक जनप्रतिधिनि चुनिएका छन् ।

सिन्धुपाल्चोकमा ८० वर्षीय वृद्ध वडाध्यक्ष विजयी 

प्राप्त मतपरिणाम अनुसार  सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेसका ८० वर्षीय वृद्द कर्णबहादुर खड्का वडाध्यक्षमा निर्वाचित भएका छन् । खड्का नम्बर १ बाट २६१ मत प्राप्त गरी विजयी भएका हुन् । उनले निकटम प्रतिद्दन्दी माओवादी केन्द्र र एमालेका उम्मेदवारलाई एक सयभन्दा बढी मतले पछि पारेका हुन् । उनी यसपटकको स्थानीय तह निर्वाचनमा निर्वाचित हुने सबैभन्दा दोस्रो वयोवृद्ध उम्मेदवार हुन् ।

धादिङमा ८६ वर्षीय वृद्धा वडासदस्य निर्वाचित विजयी 

यसैगरि धादिङ जिल्लामा  ८६ वर्षीय वृद्धा वडा सदस्य निर्वाचित यस्तै धादिङको थाक्रे गाउँपालिका–५ दामेचौरबाट ८६ वर्षीय चन्द्रमाया विश्वकर्मा दलित महिला सदस्य पदमा विजयी भएकी छन् । १२ वर्ष अघिबाट सामाजिक सुरक्षा वृद्ध भत्ता खाएकी विश्वकर्मा २० वर्षपछि भएको स्थानीय निर्वाचनमा वडा कमिटि सदस्यमा विजयी भएकी हुन् । थाक्रे गाउँपालिका वडा नं. ५ मा दलित महिलातर्फ विजयी भएकी चन्द्रमायाले ४९५ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्दन्दी नेकपा माओवादी केन्द्रकी सबिना बि.क.ले ४७३ मत पाएकी छन् । 

प्रतिक्रिया दिनुहोस्