Logo

दैलेखको नारायण नगरपालिकामा कर्फ्यु जारी

स्तावेज संवाददाता,दैलेख,जेष्ठ २, २०७४/ सम्भावित झडपको त्रासले स्थानीय प्रशासनले मंगलबार बेलुकी ७ देखि भोलि बिहान ५ बजेसम्मका लागि दैलेखको नारायण नगरपालिकामा कर्फ्यु जारी गरेको छ । हिजो साँझ कांग्रेस र  एमालेबीच झडप भएपछि नगरपालिका त्रासमय बनेको थियो ।

                 वडा नम्बर एकका कांग्रेस उम्मेदवार बलराम श्रेष्ठको घरमा एमाले उम्मेदवारले ढुंगामुढा गरेपछि प्रशासनले शान्ती सुरक्षा कायम गर्न नसघाएको आरोप कांग्रेसको छ । कांग्रेस र एमालेबीचको विवाद बढ्दै जाँदा नगरपालिकामा सम्भावित खतरालाई रोक्न जिल्ला प्रशासनले अनिश्चितकालको लागि निषेधाज्ञा जारी गरेको हो । 

 

प्रतिक्रिया दिनुहोस्