Logo

चार महानगरपालिकामा मतगणना जारी : कुन कुन पार्टीले जिते? कुन अग्रपंक्तिमा छन् त ?

स्तावेज संवाददाता,जेष्ठ २, २०७४,को निर्वाचनबाट देशका चार महानगरपालिकामा हालसालै  प्राप्त हुनगएको मतगणना मध्ये काठमाण्डौं र ललितपुरमा नेपाली कांग्रेसको अग्रता देखिएको छ  । तथापी  भरतपुरमा भने एमालेकै पकड अगाडि रहेको छ । भरतपुर र काठमाडौंको मतअन्तर भने निकै कम छ । हालसम्मको मतगणनामा एमालेको तर्फबाट १२ विजयी ९४ अगाडि नेपाली कांग्रेसको तर्फबाट  १० विजयी  ८४ अगाडि माओवादीको तर्फबाट  ८  विजयी  ४९  अगाडि अन्य पार्टीको तर्फबाट २  विजयी १६  अगाडि राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट ०  विजयी ११  अगाडि रहेका छन्  ।  अग्रता लिएको कांग्रेसले काठमाडौंमा एमालेसंग, भरतपुरमा एमालेले माओवादी केन्द्रसंग, भरतपुर र पोखरामा एमालेले कांग्रेस उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहेको छ । 

              काठमाण्डौं महानगरपालिकाबाट प्रतिस्पर्धी मेयर पदको उम्मेदवारीमा नेपाली कांग्रेसका राजुराज जोशी  ५४७ मत मतले अग्रपंक्तिमा छ्न भने उनका निकटतम प्रतिद्दन्दी एमालेका बिध्यासुन्दर शाक्य  ४२० मत पाएर पछाडि परेका छन । त्यसै गरी उपमेयरमा नेपाली कांग्रेसका हरिप्रभा खड्गी श्रेष्ठको २१५ मत प्राप्त भएको छ भने राप्रपाका राजाराम श्रेष्ठ  १७१ मत प्राप्त भएको छ ।  

           ललितपुरबाट मेयर पदको उम्मेदवारीमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन ४१८९ मत पाएर अग्रपंक्तिमा छन भने एमालेका हरिकृष्ण ब्यञ्जनकार  ४१७२ मत पाएर पछाडि परेका छन ।   त्यसैगरि उपमेयर पदमा नेपाली कांग्रेसकी गीता सत्याल ३२४६ मत पाएर अग्रपंक्तिमा छिन भने राप्रपाका बाबुकाजी प्रधान १८५४ मत पाएर पछाडि परेका छन् । 

               भरतपुर महानगरपालिकाको मेयर पदको उम्मेदवारीमा एमालेका देवी ज्ञवालीले  ११७७ मत पाएर अग्रपंक्तिमा छन भने नेकपा माओवादी की रेणु दाहालले ८९२ मत पाएर पछाडि परेकी छिन । उपमेयर पदमा नेपाली कांग्रेसकी पार्वती शाह्ले १०१० मत ल्याएर अग्रपंक्तिमा छिन भने एमालेका दिव्य आचार्यको ९९२ मत आएको छ ।  

                 पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवारी मा एमालेका मानबहादुर जि .सी .ले १८७९ मत प्राप्त गरेर अग्रपंक्तिमा छन भने नेपाली कांग्रेसका रामजी कुंवरले १७८८ मत प्राप्त गरि पछाडि परेका छन । त्यसैगरि उपमेयर पदको उम्मेदवारी मा एमालेकी मन्जुदेवी गुरुङले १७९५ मत प्राप्त गरि अग्रपंक्तिमा रहेकी छन भने नेपाली कांग्रेसकी सरस्वती गुरुङले १७५९ मत प्राप्त गरि पछाडि परेकी छिन । पोखरा र ललितपुरबाहेक काठमाडौं र भरतपुरमा कुल मतदाताको ५० प्रतिशत मत पनि गणना भएको छैन । 

प्रतिक्रिया दिनुहोस्