Logo

चार महानगरपालिका मतगणना जारी : एमालेको अग्रता कायमै

स्तावेज संवाददाता,जेष्ठ २, २०७४,देशका चार महानगरपालिकामा एमालेको अग्रता देखिएको छ । तर, भरतपुर र काठमाडौंको मतअन्तर भने निकै कम छ । अग्रता लिएको एमालेले काठमाडौंमा कांग्रेस, भरतपुरमा माओवादी केन्द्र, ललितपुर तथा पोखरामा कांग्रेस उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहेको हो ।

                  काठमाण्डौं महानगरपालिकाबाट प्रतिस्पर्धी मेयर पदको उम्मेदवारीमा एमालेका बिध्यासुन्दर शाक्य १७२ मतले अग्रपंक्तिमा छ्न भने उनका निकटतम प्रतिद्दन्दी नेपाली कांग्रेसका किशोर थापाले १२० मत पाएर पछाडि परेका छन । त्यसै गरी उपमेयरमा नेपाली कांग्रेसका हरिप्रभा जोशीको १२८ मत प्राप्त भएको छ भने राप्रपाका राजाराम श्रेष्ठको १०१ मत प्राप्त भएको छ ।  

             ललितपुरबाट मेयर पदको उम्मेदवारीमा एमालेका हरिकृष्ण ब्यन्जनकारले २६२५ मत पाएर अग्रपंक्तिमा छन भने नेपाली कांग्रेसका चिरीबाबु महर्जनले २१७७ मत पाएर पछाडि परेका छन ।   त्यसैगरि उपमेयर पदमा नेकपा माओवादी पार्टीकी हसिना शाक्यले २७२७ मत पाएर अग्रपंक्तिमा छन भने नेपाली कांग्रेसकी गिता सत्यालले १६४२ मत पाएर पछाडिइ परेकी छिन । 

               भरतपुर महानगरपालिकाको मेयर पदको उम्मेदवारीमा एमालेका देवी ज्ञवालीले ५३४ मत पाएर अग्रपंक्तिमा छन भने नेकपा माओवादी की रेणु दाहालले ५०० मत पाएर पछाडि परेकी छिन । उपमेयर पदमा नेपाली कांग्रेसकी पार्वती शाह्ले ५५२ मत ल्याएर अग्रपंक्तिमा छिन भने एमालेका दिव्य आचार्यको ४५६ मत आएको छ । 

                 पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवारी मा एमालेका मानबहादुर जि .सी .ले १०६५ मत प्राप्त गरेर अग्रपंक्तिमा छन भने नेपाली कांग्रेसका रामजी कुंवरले ८३१ मत प्राप्त गरि पछाडि परेका छन । त्यसैगरि उपमेयर पदको उम्मेदवारी मा एमालेकी मन्जुदेवी गुरुङले १०५४ मत प्राप्त गरि अग्रपंक्तिमा रहेकी छन भने नेपाली कांग्रेसकी सरस्वती गुरुङले ८४६ मत प्राप्त गरि पछाडि परेकी छिन । पोखरा र ललितपुरबाहेक काठमाडौं र भरतपुरमा कुल मतदाताको एक प्रतिशत मत पनि गणना भएको छैन । 

प्रतिक्रिया दिनुहोस्