Logo

माओवादीले पनि रेकर्ड तोड्यो : जुम्लाको गुठिचौर गाउँपालिकाको प्रमुखमा हरिबहादुर भण्डारी विजयी

स्तावेज संवाददाता,जेष्ठ १, २०७४- जुम्लाको गुठिचौर गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका हरिबहादुर भण्डारी विजयी भएका छन् । एमालेको अखडा मानिएको गोठीचौर गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार भण्डारी प्रमुखमा निर्वाचित भएका हुन् । उपप्रमुखमा पनि माओवादी केन्द्रका जानदेवी ऐडि विजयी भएकी छन् ।  भण्डारीले एक हजार ५ सय ९६ मत प्राप्त गरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको गोठीचौर निर्वाचन अधिकृतको कार्यालय गुठिचौरले जनाएको छ । उनका निकटतम् प्रतिद्दन्दी एमालेका क्षेत्रबहादुर भण्डारीले एक हजार ४ सय ६७ मत प्राप्त गरेका छन् । 

           यस्तै नेपाली कांग्रेसका गाउँपालिका उम्मेदवार दानबहादुर बुढाले ५ सय ८७ मत प्राप्त गरे । त्यस्तै उपप्रमुखमा ऐडीले एक हजार ५ सय ८५ मत प्राप्त गरी विजयी भएकी हुन् । उनको निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवार धनरुपा बुढाले एक जार तीनसय ६५ मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसका उपप्रमुखकी उम्मेदवार सुमन बस्नेत बुढाले ५ सय ३७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्