Logo

भरतपुरमा पनि एमालेको पकड बलियो रेणु दाहाललाई उछिन्दै देवी ज्ञवाली अग्रपंक्तिमा

स्तावेज संवाददाता,जेठ,१, भरतपुर– भरतुपर महानगरपालिकाको मेयर पदको प्रारम्भिक मत गणनामा पुष्पकमल दाहाल (प्रचण्ड पुत्री) रेणु दाहाल दोस्रो स्थानमा देखिएकी छन् । मत गणना गर्दा प्रचण्डपुत्री रेणु दाहाललाई देवी ज्ञवालीले उछिनेका छन् । मत गणनाको अन्तिम चरणमा एमाले उम्मेदवार देवी ज्ञवालीले १५२ मत हासिल गरि अग्रपंक्तिमा छन भने छन् भने रेणु दाहालले ११० मत प्राप्त गरेकी छन् । उपमेयरमा पनि एमाले नै अग्रता लिएको छ । एमालेकी उम्मेदवार दिव्या आचार्यले ४३ मत पाएकी छन् भने कांग्रेसकी पार्वती शाहले ३६ मत पाएकी छन् ।

                 चितवनको भरतपर महानगरपालिकामा प्रचलित निर्वाचन ऐन अनुसार मत गणना गर्ने सहमति भएपछि साँढे चार बजेबाट मत गणना शुरु भएको थियो । भरतपुर जिल्ला विकास समिति अगाडिको कभर्ड हलमा मतगणना भईरहेको छ । भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त गठबन्धनमा मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका थिए । दाहालकै लागि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले तालमेल गरेका थिए । सबै हिसावले उपयक्त भरतपुर महानगरपालिकालाई कांग्रेस माओवादी र एमालेले आफ्नो बलियो पकड भएको क्षेत्र बनाएका थिए । भरतपरमा ४९३ जना महिला उम्मेदवार रहेका छन् भने ४०१ पुरुष उम्मेदवार रहेका छन् । कुल मतदाता १ लाख ५० हजार रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्