Logo

मुस्ताङको दालोमे गाउँपालिकामा स्वतन्त्र विजयी

जेष्ठ १, २०७४, मुस्ताङमा स्थानीय तह निर्बाचनको मतगणना अनुसार दालोमे गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रका उम्मेदवार राजु बिष्ट बिजयी भएका छन् । भर्खर मात्र प्राप्त बिबरण अनुसार, बिष्टले कांग्रेसका तेन्जिङ छिरिङ गुरुङ भन्दा दोब्बर बढि मत ल्याएका छन् । विष्टले ७ सय ५५ र गुरुङले २ सय ३ मत प्राप्त गरेका छन् । अध्यक्षमा एमालेले उम्मदेवार उठाएको थिएन । राजु बिष्ट पनि कांग्रेसकै बागी उम्मेदवार हुन् । उपाध्यक्षमा एमालेकी ढोका गुरुङ ६ सय १ मत ल्याइ बिजयी भएकी छिन् । उनकी प्रतिद्धन्दी कांग्रेसकी कुचान छुटेन गुरुङले ३ सय २२ मत ल्याएकी सहायक निर्बाचन अधिकृत जनक रेग्मीले जानकारी दिए ।

           यो गाउँपालिका अन्तर्गतका ५ वटा वडाका अध्यक्ष तथा सदस्यमा पहिल्यै निर्बिरोध निर्बाचित भएका छन् । ५ वडामा अध्यक्ष सहित १४ सदस्य कांग्रेस, ४ एमाले र ३ सदस्यमा स्वतन्त्रका उम्मेदवार निर्बिरोध निर्बाचित भएका थिए । ४ वटा वडाका दलित पदमा उम्मेदवार नै परेन । यसैगरि, आज सोमबार बिहानैदेखि ५ वटै गाउँपालिकामा ५० प्रतिशत मत गणना भइसकेको प्रमुख निर्बाचन अधिकृत बलराम त्रिपाठीले जानकारी दिए । पछिल्लो मत परिणाम अनुसार, कांग्रेसका आधिकारिक र बागी उम्मेदवारले एमालेलाइ उछिनेका छन् । घरपझोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेस २८५ र एमालेको १०४ मत आएको छ । कांग्रेसका बागी स्वतन्त्र उम्मेदवार महेन्द्र थकालीले २६ मत ल्याएका छन् । यही गाउँपालिकाको २ नबर वडाको अध्यक्षमा राप्रपाका उम्मेदवार बिजयी बनेका छन् ।  

            यो जिल्लामा उठेका स्वतन्त्र भनिएका उम्मेदवार कांग्रेसका बागी हुन् । पछिल्लो मतपरिणाम अनुसार, लोमान्थाङ गाउँपालिका अध्यक्षमा माओबादी केन्द्रका ज्ञानेन्द्र बिष्टलाइ स्वतन्त्रका इन्द्रधारा बिष्टले उछिनेका छन् । कांग्रेसका सुबर्णकुमार बिष्ट निकै अगाडी देखिएका छन् । बाह्गाउँ मुक्तिक्षेत्रको ५ नं वडाका अध्यक्ष सहित ४ जना सदस्य एमाले बिजयी भएको निर्बाचन अधिकृत बन्धु बांस्तोलाले जानकारी दिए । मत परिणाम अनुसार, थासाङ गाउँपालिकामा एमाले, घरपझोङमा नेपाली कांग्रेस, बाह्गाउँ मुक्तिक्षेत्रमा एमाले, र लोमान्थाङ गाउँपालिकामा कांग्रेस अगाडी देखिएका छन् । 

   श्रोत कान्तिपुर 

 

प्रतिक्रिया दिनुहोस्