Logo

पहिलो चरणको चुनावमा एमालेको अग्रता

जेष्ठ १, २०७४, स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो चरणको चुनावमा एमालेले अग्रता लिएको छ । प्रारम्भिक नतिजामा एमाले ४ स्थानमा विजय हुँदै अगाडि छ ।एमालेले डोल्पाको से फोक्सुन्डो र काइके तथा मनाङको चामे र नेस्याङमा विजयी भएको छ ।से फोक्सुन्डोमा निर्विरोध भएको एमालेका अंगद राना काइकेमा ९२० मतसहित विजयी भए । मनाङको चामेमा एमालेकै लोकेन्द्र घले र नेस्याङमा कान्छा घले निर्वाचित भएका छन् ।अहिलेसम्म ५ स्थानको नतिजा आएकोमा मनाङको नारफुमा भने कांग्रेस निर्विरोध भएको ।

प्रतिक्रिया दिनुहोस्