Logo

मनाङको नेस्याङमा पनि एमाले विजयी

जेष्ठ १, २०७४- मनाङको नेस्याङ गाउँपालिकामा एमाले विजयी भएको छ । निर्वाचन अधिकृत उदविर नेपालीका अनुसार अध्यक्षमा कान्छा घले र उपाध्यक्षमा एमालकै मिङ्खु गुरुङ विजयी भएका हुन । नेपालीले अधिकांश वडामा एमाले विजयी भएको बताए । घलेले ६२७ र उनका प्रतिद्दवन्दी कांग्रेसका विनोद गुरुङले ४६१ मत पाएका छन ।

              उपाध्यक्षमा मिङ्खुले ६११ र कांग्रेसका छिरिङ ओङ्मा गुरुङले ५०५ मत पाएका छन ।२८८४ मतदाता रहेको गाउँपालिकामा ११८४ मत खसेको थियो ।मनाङको चामेमा यसअघि नै लोकेन्द्र घले विजयी भएका थिए । एमालेले पहिलोपटक मनाङमा चुनाव जितेको हो ।चार गाउँपालिका रहेको मनाङको नारफुमा भने कांग्रेस निर्विरोध विजयी भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्