मुसिकोट नगरपालिकामा कांग्रेसको विजय
![](https://karobaraja.com/wp-content/uploads/2017/05/1200px-Nepali_Congress_Edited.svg_.png)
![](http://dastawej.com/wp-content/uploads/2017/05/nirbarhan-logo-5918fe7a43c4b5.48953843-1-2.jpg)
दस्तावेज संवाददता जेठ,१,मुसिकोट, रुकुम – रुकुमको मुसिकोट नगरपालिकामा कांग्रेस विजयी भएको छ । मुसिकोट २ मा नेपाली कांग्रेसको तर्फबाट सम्पूर्ण प्यानल विजयी भएको हो । नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा काशिराम खड्काले २ सय ५० मत अन्तरले विजयी भएका छन् । उनले ३ सय ७२ मत प्राप्त गरी विजयी भएका हुन । भने उनका प्रतिद्धन्दी माओवादी केन्द्रका नरबहादुर खड्काले १ सय २२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हरि के.सी.ले ८९ मत प्रात गरेका छन् ।
त्यस्तै महिला सदस्यमा इश्वरी खड्काले ३ सय ७० र दलित महिला सदस्य कल्पना बस्यालले ३ सय ५६ मत प्राप्त गरेर विजयी भएको मुख्य निर्वाचन कार्यालय रुकुमले जानकारी दिएको छ । त्यस्तै सदस्यहरुमा खम्वु मल्ल ३ सय ६७ र दिनेश खड्काले ३ सय ८४ मत प्राप्त गरेको जनाएको छ । नेपाली कांग्रेसको तर्फबाट मुसिकोट नगरपालिका मेयरका उम्मेदवार महेन्द्र के.सी.ले वडा नं २ बाट ४ सय ९ प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकै उपमेयरका उम्मेदवार वालकुमारी गिरीले ३ सय ३६ मत प्राप्त गरेर माओवादी केन्द्र र एमालेका उम्मेदवारलाई पछाडि पारेका छन् । वडा नं २ बाट माओवादी केन्द्रका मेयरका उम्मेदवार देवीलाल गौतमले १ सय ७४ मत पाप्त गरेका छन् । भने उपमेयरमा प्रेमकुमारी सुनार केसीले १ सय ६६ मत पाप्त गरेका छन् । भने एमालेका मेयरका उम्मेदवार विमल पुनले ९२ मत प्राप्त गरेका छन् भने उपमेयर केशरी गौतमले १ सय ७० मत प्राप्त गरेका छन् । मुसिकोट नगरपालिकाको वडा नं. १ मा समेत नेपाली कांग्रेसको प्यानल अग्रस्थानमा रहेको छ । बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा मुसिकोट नगरपालिमा ११ हजार ७ सय १४ मत खसेको थियो ।