Logo

प्रहरी र विप्लव समूहबीचको भिडन्तमा एकको मृत्यु

दस्तावेज संवाददाता,जेठ,१,२०७४ – जुम्ला, कालिकोटमा आइतबार साँझ प्रहरी र विप्लव समूहबीचमा भिडन्त हुँदा एकको मृत्यु भएको छ । मतपेटिका जफत गर्न आएका नरहरीनाथ गाउँपालिका ६ का ४३ वर्षीय नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता धनरुप बटालाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ । सदरमुकामदेखि आठ घण्टा टाढा रहेको मालकोट नन्दादेवी माविको मतदान केन्द्रमा मतदान भइरहेको समयमा प्रहरी र विप्लव समूहबीच भिडन्त भएको थियो । भिडन्तमा गोली लागि घाइते भएका बटालाको आइतबार मध्य राती मृत्यु भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी गृहधारी सुवेदीले जानकारी दिनुभयो । मृतक बटालाको लाशलाई पोष्टमार्टमका लागि कालिकोट जिल्ला अस्पतालमा हेलिकोप्टरबाट ल्याएइको छ । 

                भिडन्तमा घाइते भएका दुई जनाको थप उपचारका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेत लगिएको छ । हेलिकोप्टरमार्फत घाइते भएका ३० वर्षीय दानबहादुुर बटाला र ३२ वर्षीय तलुबहादुर बटालालाई उपचारका लागि सुर्खेत लगिएको प्रजिअ सुवेदीले बताउनुभयो । यस्तै सोही टाउँका ४५ वर्षीय व्यासी बटालालाई पनि प्रहरीको गोली लागि घाइते भएको र कालिकोट जिल्ला अस्पतालमा उपचार भइरहेको बताइको छ । विप्लव समूहका कार्यकर्ताहरु मतपेटिका खोस्न आएपछि दुवै समूहबीच गोली चलेको थियो । दुई जना प्रहरी पनि घाइते भएका छन् । मत पेटिका सहित मतपत्र जलाइएको बताइएको छ । अहिले स्थगित भएका मतदान केन्द्रसहित जिल्लाको सम्पूर्ण सुरक्षा व्यवस्थालाई कडा पारिएको कालिकोट प्रशासनले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्