Logo

दोलखा तनावग्रस्त : चरिकोटमा गोलि चल्यो

रीकोट, जेठ,१-२०७४ स्थानीय तह निर्वाचनका क्रममा आइतबार दिउँसो झडप हुँदा प्रहरीको गोली लागी मेलुङ गाउँपालिका १ पओतीमा एक कांग्रेस कार्यकर्ताको घटनास्थलमै ज्यान गएको छ । पओतीका नकुल भुजेलको ज्यान गएको जानकारी दोलखा प्रहरीका डीएसपी रवीन कार्कीले दिनुभयो ।

         भुजेलको मृत्युपछि केही समय पओती तनावग्रस्त बनेको थियो । एमाले कार्यकर्ताहरूले फर्जी मत हालेको भन्दै कांग्रेस र एमालेबीच विवाद भएको र मतपेटिका फुटाउन जाँदा प्रहरीले गोली चलाएको जानकारी स्थानीय सञ्चारकर्मी एवं प्रत्यक्षदर्शी गायत्री आचार्यले दिनुभयो । भुजेलको शव पोस्टमार्टमका लागि सदरमुकाम चरीकोट ल्याइएको छ ।

             स्थानीय निर्वाचनका क्रममा जिल्लाका विभिन्न गाउँमा भएका झडपमा परी घाइते विभिन्न दलका ११ कार्यकर्तालाई थप उपचारका लागि राजधानी लगिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेहरूमा रोशन भुजेल, गणराज बस्नेत, उद्धव बुढाथाकी, निर्मल कोइराला, प्रकाश खत्री, ज्ञानेन्द्र बुढाथोकी, प्रविन बस्नेत, रामशरण ठकुरी, नारायण बस्नेत, पुष्कर थापा र भुवन थापा हुनुहुन्छ ।

         उहाँहरूलाई सेनाको हेलिकोप्टरबाट राजधानी लगिएको जानकारी डीएसपी कार्कीले दिनुभयो । प्रहरीकै गोली लागेर तामाकोसी गाउँपालिका ५ का लीला खड्का घाइते हुनुभएको छ भने कांग्रेस कार्यकर्ता अच्युतराज कार्की पनि घाइते हुनुहुभएको छ । अन्य घाइतेको सदरमुकाम चरीकोटमा रहेका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

           दोलखामा कांग्रेस र माओवादी केन्द्रबीच अधिकांश स्थानमा तालमेल भएको थियो । यसअघि निर्वाचनको विषयलाई लिएर वैशाख २७ गते गौरीशंकर गाउँपालिका १ मा माओवादी केन्द्र र एमालेबीच झडप हुँदा एक एमाले कार्यकर्ताको ज्यान गएको थियो । सोही घटनामा संलग्न रहेको भन्दै माओवादी केन्द्रका संयोजक एवं पूर्वसभासद् देवी खड्का, सहसंयोजक विशाल खड्का लगायत उक्त वडाका उम्मेदवार विरुद्ध किटानी जाहेरी दर्ता भएपछि उनीहरू निर्वाचनमा सहभागी हुनबाट वञ्चित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्