Logo

समर्थकको साटो रित्तो उम्मेदवारलाई भोट

जेष्ठ १, २०७४, ललितपुर महानगरपालिकाको उपमेयर पदमा एमालेले समर्थन गरेको राप्रपाको उम्मेदवारले भन्दा उम्मेदवार नै नउठाएको एमालेको सूर्य चिन्हमा बढी मतदान गरेको भेटिएको छ । ललितपुरको वडा नम्बर १ देखि सुरु भएको मतगणनाका क्रममा एमाले उम्मेदवारले ११६ मत पाउदा राप्रपाका उम्मेदवार बाबुकाजी प्रधानले ६३ मतमात्रै पाएका हुन् । जव कि एमालेले राप्रपालाई समर्थन गरेर कुनैपनि उम्मेदवार उठाएको थिएन । करिव ५ सय मत गणना हुदा साझा पार्टीको मेयर उम्मेदवार ले ४५ र उपमेयरले उम्मेदवारले ५१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्