Logo

दुइटा केन्द्रबाहेक सबै ठाउँ शान्तिपूर्ण मतदान

वैशाख ३१, २०७४- निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लामा भएको निर्वाचनमा दुइटा केन्द्रमा मात्रै अबरोध भएको जनाएको छ । दोलखाको बिगु र काभ्रेको नमोबुद्धमा मतदान सुरु नभएको आयोगको संयुक्त निर्वाचन परिचान केन्द्र (जेईओसी)ले जनाएको छ ।

                     ३४ जिल्लाका २८३ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान कार्य सुरु भएको जेईओसीले जनाएको छ । आज २८३ वटा स्थानीय निकायका लागि मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय निकायमा मात्रै मतदान हुँदैछ ।
 
                     प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. ४ को लंकुस्थित लक्ष्मी माविमा बिहान ७ बजे मतदान गरेका छन् । निर्वाचन आयुक्त इला शर्माले ललितपुर महानगरपालिकाको वडा नं. १० स्थित प्रसूति गृहको क्वाटरमा रहेको मतदान केन्द्रमा बिहान ७ बजे पहिलो मतदाताको रुपमा मतदान गरिन् ।

                  आयुक्त सुधीरकुमार शाहले काठमाडौं महानगरपालिकाको धुम्बाराही माध्यमिक विद्यालयमा मतदान गरे ।आयोगका सचिव गोपीनाथ मैनालीले शान्तिपूर्ण रुपमा, विना बाधा अवरोध सबै मतदान केन्द्रमा मतदान कार्य सुरु भएको जानकारी दिए ।आयोगलाई प्राप्त जानकारी अनुसार, ककनी मतदान केन्द्र ११५ बाटुली लामिछानेले, गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. १० चन्द्रज्योति आधारभूत बिध्यालय मतदान केन्द्रबाट १०५ वर्षीय नन्दबहादुर पौडेलले मतदान गरे । 

           श्रोत कान्तिपुर

प्रतिक्रिया दिनुहोस्