Logo

साउन महिनामा सरकारले उठायो साढे ६३ अर्ब राजस्व, खर्च २६ अर्ब

स्तावेज, भाद्र १ गते शुक्रबार, २०७५ ,काठमाण्डौं – सरकारले चालू आर्थिक वर्ष (आव) २०७५/०७६ को पहिलो महिनामै साढे ६३ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। अर्थ मन्त्रालयका अनुसार साउन महिनामा ६३ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन भएको छ।  यो राजस्व असुली गत आवको साउन महिनाको तुलनामा ३७ प्रतिशतले बढी हो। 

मन्त्रालयका अनुसार साउन महिनामा गत वर्षको सोही महिनाको तुलनामा भन्सार राजस्वमा ३८ प्रतिशत, अन्तःशूल्कमा ३४.५८ प्रतिशत र आयकरमा ४१.८७ प्रतिशतले वृद्धि भएको छ । यसैगरी सरकारले पहिलो महिनामा २६ अर्ब रुपैयाँ खर्च गरेको छ। जसमा समानीकरण अनुदान बापत स्थानीय तहमा १० अर्ब रुपैयाँ र प्रदेशमा ६ अर्ब रुपैयाँ हस्तान्तरण गरिएको मन्त्रालयले बताएको छ। बाँकी १० अर्ब रुपैयाँ भने केन्द्रमा खर्च भएको मन्त्रालयको भनाइ छ। 

पछिल्लो समय जनता दोहोरो कर तथा अत्यधिक करको मारमा परेको गुनासो आइरहँदा त्यस विषयमा अध्ययन गर्न राजस्व व्यवस्थापन महाशाखा अन्तर्गत एक समिति गठन गरेको जानकारी मन्त्रालयले दिएको छ।

प्रतिक्रिया दिनुहोस्