Logo

विश्वकप फुटबलमा आज चार खेल हुँदै

स्तावेज, असार २ गते शनिवार, २०७५, काठमाण्डौं – विश्वकप फुटबलमा आज चार खेल हुँदैछन् । आज समूह ‘सी’ र ‘डी’का पहिलो चरणका खेलहरू हुन लागेका हुन् । नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुने पहिलो खेलमा फ्रान्स र अस्ट्रेलिया भिड्नेछन् भने साँझ पौने ७ बजे अर्जेन्टिनाले आईसल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ । 

दुई पटकको विश्वकप विजेता अर्जेन्टिनालाई यसपटक पनि लियोनल मेस्सीको प्रेरणामा उपाधि दावेदारको रुपमा हेरिएको छ । सानो युरोपली मुलुक आईसल्याण्ड भने पहिलो पटक विश्वकपमा सहभागी भएको हो । आजको तेस्रो खेलमा पेरु र डेनमार्क भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ९ वजे सुरु हुनेछ । आजै राति पौने १ बजे हुने खेलमा क्रोएसिया र नाइजेरिया आमने सामने हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्