Logo

आईपीएल क्रिकेट : कोलकाता नाइटराइडर्स शीर्ष स्थानमा उक्लियो, राजस्थान रोयल्स ७ विकेटले पराजित

स्तावेज, बैसाख ६ गते, बिहिवार २०७५, काठमाडौं- कोलकाता नाइटराइडर्स आइपिएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । कप्तान दीनेश कार्तिक र नितिश रानाले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेपछि बुधबार राति  जयपुरमा भएको आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो  । कोलाकाताले भन्दा हैदरावादले २ खेल कम खेलेको छ । राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको कोलकाता ७ बल बाँकी छँदै ३ विकेट गुमाएर विजयी भयो । उक्त खेलमा घरेलु टोली राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य कोलकाताले १९ औ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको हो ।

जीतसँगै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको  छ । कोलकाताले पाँच मध्ये तीन खेल जितेको छ । चारमध्ये दुई खेल जितेको राजस्थान तालिकाको पाँचौ स्थानमा छ । राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य कोलकाताले ७ बल बाँकी छँदा ३ विकेटको क्षतिमा पार गर्‍यो । कोलकाताका लागि कप्तान दिनेश कार्तिकले २३ बलमा नटआउट ४२ र नितिश रानाले २७ बलमा नटआउट ३५ रन जोडे ।

सुनिल नारिनले २५ बलमा ३५ रन जोड्दा रोबिन उथप्पाले ३६ बलमा ६ चौका र २ छक्काको मद्दतले ४८ रन जोडे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६० रन जोडेको थियो । राजस्थानका लागि डिआर्की सर्टले ४४ र कप्तान अजिन्का राहाणेले ३६ रन जोडे ।

जोस बटलरले १८ बलमा नटआउट २४ रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेख्य रन बटुल्न सकेनन् । बलिङतर्फ कोलकाताका नितिश राना र टम कुरानले २-२ विकेट लिए । पियुस चावला, कुलदिप यादव र शिवम माविले समान १-१ विकेट हात पारे । प्रतियोगिताको अहिलेसम्मका खेलमा कोलकाताले ५ खेलबाट ६ अंक बटुलेको छ । दोस्रो स्थानको हैदरावादको ३ खेलबाट ६ अंक नै छ । पञ्जाव, चेन्नई र राजस्थानले समान ४/४ अंक जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्