Logo

म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक फर्गुसनलाई ब्रेन ह्यामरेज

स्तावेज , बैशाख २३ गते आइतवार २०७५, काठमाण्डौं – इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक सर एलेक्स फर्गुसनलाई ब्रेन ह्यामरेज भएको छ । पूर्वप्रशिक्षक फर्गुसनलाई शनिबार ब्रेन ह्यामरेज भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

ब्रेन ह्यामरेज भएपछि फर्गुसनलाई तत्काल अस्पताल लागिएको थियो । अस्पताल लैजानसाथ ७६ बर्षीय फर्गुसनको आकस्मिक शल्यक्रिया गरिएको बीबीसीले जनाएको छ । साल्फोर्ड रोयल अस्पतालमा सफल शल्यक्रियापछि फर्गुसन खरातामुक्त समेत रहेको बीबीसीले जनाएको छ । यस्तै म्यानचेस्टर युनाइटेडले एक प्रेस विज्ञप्ति निकाल्दै फर्गुसनको स्वास्थ्य अवस्था ठिक हुँदै गएको जनाएको छ ।

म्यानचेस्टर युनाइटेडको सफल प्रशिक्षक फर्गुसनले सन् २०१३ बाट प्रशिक्षण जीवनबाट सन्यास लिएका थिए । फर्गुसनले सन् १९८६ बाट २०१३ सम्म म्यानचेस्टर युनाइटेडको प्रशिक्षक पद सम्हालेका थिए ।युनाइटेडमा २६ बर्ष रहदा स्कटिस फर्गुसनले क्लबलाई ३८ उपाधि दिलाएका थिए । फर्गुसनले युनाइटेडलाई  १३ प्रिमियर लिग, २ च्याम्पियन्स लिग र ५ एफए कप उपाधि दिलाएका थिए । यस्तै फर्गुसनले ४ लिग कप पनि युनाइटेडलाई दिलाएका थिए ।

               एजेन्सी 

प्रतिक्रिया दिनुहोस्