Logo

लिभरपुल च्याम्पियन्स लिगको सेमिफानलमा, हार्‍यो म्यानचेस्टर सिटी

स्तावेज संवाददाता चैत्र २८ गते बुधवार २०७४,,काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि लगभग जित्ने निश्चित प्रायः अवस्थामा पुगेको म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलमा भने क्वाटरफाइनलबाटै घर फर्किन बाध्य भएको छ । पहिलो लीगमा ३–० को हार बेहोरेको पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी क्वाटरफाइनलको दोस्रो लीग अन्तर्गत मंगलबार राति घरेलु मैदानमा भएको खेलमा अर्को इंग्लिस क्लब लिभरपुलसँग २–१ ले पराजित भयो ।

अवे तथा घरेलु दुवै लीगमा विजयी भएको जर्गेन कोल्प्पको टिम लिभरपुल समग्रमा ५–१ को जितसहित च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । मंगलबार राति भएको दोस्रो लेगमा दोस्रो मिनेटमा नै गोल गर्दै म्यानचेस्टर सिटीले खेलमा फर्किने संकेत गरेको थियो । दोस्रो मिनेटमा नै गाब्रियल जिससले गोल गर्दै घरेलु टोली सिटीलाई अग्रता दिलाए ।

प्रतिक्रिया दिनुहोस्