Logo

अभिनेता, निर्माता र गायकपछि गीतकार बन्दै सलमान !

स्तावेज,चैत्र ३ गते शनिवार ,२०७४,काठमाण्डौं – सलमान खान बलिउडका ती स्टारमा शामिल छन्, जो अभिनेताका रूपमा मात्रै स्थापित हुन चाहादैनन् । जो अभिनयसँगै अन्य केही काम गर्न समेत इच्छुक हुन्छन् । भारतीय मिडियामा प्रकाशित समचारलाई मान्ने हो भने सलमान अभिनेता, निर्माता, गायक पछि अब गीतकारका रूपमा समेत देखा पर्दैछन् ।

‘रेस ३’ का लागि सलमानले एक रोमान्टिक गीत लेखेको दावी गरिएको छ । जुन गीतको सुटिङ युएईमा हुनेछ । फिल्मका लागि रोमान्टिक गीतको खोजी भइरहेका बेला सलमानले संगीतकारलाई आफुले गीत लेखिरहेको बताएका थिए । जब सलमानले उक्त गीत सुनाए, सबैले मन पराए । सोही गीतलाई फिल्ममा समावेश गरिएको छ । निर्माता रमेश तौरानीले यो खबरको पुष्टि गर्दै भनेका छन्, ‘यो निकै रोमान्टिक गीत हो । हामीले खोजे जस्तै गीत छ । सलमानले निकै राम्रो लेखेका छन् ।’

यो फिल्ममा सलमान पहिलो पटक नेगेटिभ भूमिकामा देखिदैछन् । ‘रेस ३’को कथा मन परेका कारण उनले नेगेटिभ भूमिकामा काम गर्न गर्न स्विकार गरेको बताइन्छ । रेमो डिसुजाको निर्देशनमा बनिरहेको फिल्मको एक्सन सिन हलिउड द्वन्द्व निर्देशक टोमले गरेका छन् । उनले सलमानको ब्लकबस्टर फिल्म ‘टाइगर जिन्दा है’मा समेत द्वन्द्व निर्देशन गरेका थिए । यो फिल्म ‘रेस’ र ‘रेस २’ भन्दा फरक हुनेछ । फिल्मका निर्देशन अब्बास मस्तान होइनन्, रेमो डिसूजा हुन् ।

 एजेन्सी

प्रतिक्रिया दिनुहोस्