Logo

मोडलिङबाट समाज रूपान्तरण गर्नुछ – गुन्जन शर्मा

             हेर्नुहोस् गुन्जनका उत्कृष्ट तस्बिरहरु

कारोबार आज, साउन १० गते शनिवार, २०७७,इटहरी – गुन्जन शर्मा मोडलिङबाट समाज रूपान्तरण गर्ने सपना लिएर अगाडी बढ्दै गरेको एउटा नाम हो  । शर्मा इटहरी २ आपगाछीमा बसोबास गर्छिन् भनी स्नातक तह कस्तुरी कलेजमा अध्ययनरत छिन् । सानै उमेरदेखि समाजलाई उत्प्रेरणा हैन रूपान्तरणको आवश्यक छ भन्ने बुझेकी शर्माले विभिन्न फेसन सो तथा प्रोफेसनल फोटो सुट गरी सकेकी छिन् । शर्माका अनुसार आफ्नी आमा रिनु शर्माको गायक सुन्दै हुर्किएको हुँदा कलाले मात्र समाज रूपान्तरण गर्न सक्ने हुँदा कला क्षेत्रमा लाग्ने रुचि जागेको जानकारी गराइन् ।

इटहरीको एरिना टेलिभिजनमा एसएमएस जोन नामक कार्यक्रम मार्फत लोकप्रियता कमाएकी गुन्जन शर्मा अहिले अध्ययनमा एकाग्र भएर लागेकी छिन्  । उनको अनुसार जीवनले ब्रेक माग्छ र अहिलेको समय प्रतिस्पर्धाको मात्रै नभएर आफ्नो पहिचान बनाउने रहेको हुँदा फरक पहिचानका लागी अध्ययन महत्वपूर्ण रहेको हुँदा अहिले औपचारिक तथा मोडलिङ फिल्डका अनौपचारिक पुस्तक पढ्दै भविष्यका लागि तयारी अवस्थामा रहेको जानकारी गराउँदै शर्माले अब आउने दिनमा समाज रूपान्तरणका लागि फरक कार्यक्रम तथा योजना लिएर कला मार्फत जीवनलाई प्रस्तुत गर्ने जनाइन् ।

आफ्नी आमा तथा भाइको सकारात्मक सहयोग तथा गुन्जन शर्माको आत्मविश्वासले समाज रूपान्तरणको सपना सकार हुने र सपनाको नजिक रहेको देख्न अहिलेका फोटोसूटमा देखिने उन्को प्रोफेसनल पोजले प्रष्ट पार्छ भनी फरक पहिचान र कलाले जुनसुकै स्थानमा पनि नाम कमाउन सक्ने उन्को विश्वास छ ।

प्रस्तुती -दीपशिखा शर्मा

[email protected]

प्रतिक्रिया दिनुहोस्