Logo

‘किड्स एण्ड टिन्स ट्यालेन्ट शो’भव्यताकासाथ सम्पन्न

टिन्ज ट्यालेन्टको उपाधि करुणा दाहाललाई एवं किड्स ट्यालेन्टको उपाधि नान्सी विष्टलाई

राईज एन्ड साईन क्रिएशनद्दारा आयोजित “किड्स एन्ड टिन्स ट्यालेन्ट शो”को दोस्रो संस्करण यहि चैत १९ गते आईतबारका दिन  भव्यताकासाथ सम्पन्न गरिएको छ। प्रतियोगितामा किड्स ट्यालेन्टको उपाधि नान्सी विष्टले हात पारिन् भने सेकेण्ड रनरअपमा शनिया भट्टराई छानिएकी छन् भने फस्ट रनरअपको उपाधि सन्ध्या राईले हात पारेकी छन् ।

यसैगरी  टिन्ज प्रतियोगितामा सेकेण्ड रनरअपको उपाधि एकता शाहले हात पारिन् भने फस्ट रनरअप पुष्पा सुनारले हात पारिन भने विजेताको रूपमा करुणा दाहालले ताज पहिरन सफल भईन् । विजेताहरूलाई मिस मङ्गोल बिभिषिका  श्रेष्ठले ताज पहिराएकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि पूर्व उप प्रधानमन्त्री राजेन्द्र महतो, माता त्रीपूरा  सुन्दरी, बौद्ध गुरु लामा घ्याचो  रिम्बोर्छे ,अमृत थिग्ङ, दीपशिखा सिंह खड्का,श्रीसा पौडेल ,नीलकण्ठ पौडेल, दीपशिखा शर्मा ,स्वतन्त्र महर्जन ,बिक्रम महर्जन लगायतको उपस्थित रहेको थियो भने निर्णायकको भूमिकामा लिजा राई,दीपक बज्राचार्य,मिया लामा,अमर रञ्जित सृजना श्रेष्ठ रहेका थिए ।

कार्यक्रममा मिस मंगोल बिभिषिका श्रेष्ठ शाक्यले कोरियोग्राफरको भूमिका निर्वाह गरेकी थिइन् । प्रतियोगितामा भागलिन विभिन्न विद्यालयका प्रतिभावान् ,कलिला ,क्षमतावान् विद्यार्थीका लागि हरेक वर्ष ब्युटी पेजेन्टसम्बन्धी काम गर्दै आइरहेको कुरा संस्थाकी अध्यक्ष रश्मि शाक्यले बताएकी छन् । साथै शाक्यले यस्ता खालका कार्यक्रमले बालबालिकाहरूको बौद्धिक ज्ञान बढ्ने र उनीहरूमा आत्मविश्वास बढ्ने कुरा बताएकी छन् ।

राइज एण्ड साइन क्रिएशनले म्युजिक भिडियोलगायत विभिन्न सन्देशमूलक कार्यक्रमका साथै नारी हक हित र मुक्तिका सवालमा आवाज उठाउँदै आइरहेको छ । कार्यक्रममा कला क्षेत्रमा आबद्ध व्यक्तिहरू, महिला अधिकारकर्मी, समाजसेवी, पत्रकार तथा विभिन्न राजनीतिक एवं धार्मिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो भने सामाजिक क्षेत्रमा बिशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरुलाई  सम्मान गरिएको थियो ।

[email protected]

प्रतिक्रिया दिनुहोस्