Logo

पल शाह अभिनित ‘मनको मायालाई’ बोलको गीत भाद्र ११ गते शुक्रवार सार्वजनिक हुँदै

काठमाडौँ : राईज एन्ड साईनको प्रस्तुती गायिका मेलिना राई र नरेश जोगीको ‘मनको मायालाई’ बोलको गीत भाद्र ११ गते शुक्रवार सार्वजनिक हुँदैछ । मनको मायालाई गीतको भिडियोमा नायक पल शाह र अनुभूति श्रेष्ठको जोडिलाई देख्न सकिन्छ । अनुभूति श्रेष्ठले यो गीतबाट म्युजिक भिडियोमा डेब्यु गरेकी छिन् ।

 उक्त गीतको भिडियो निर्देशन बिक्रम चौहानले गरेका छन्, भने लय र शब्द गायक नरेश जोगीकै रहेको छ । निर्देशक बिक्रम चौहान र निर्माता निर्मात्री रश्मी शाक्य रहेको उक्त गीत भाद्र ११ गते शुक्रवार Sebil Entertainment युट्युब च्यानल मार्फत सार्वजनिक हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्