Logo

यसरी गरियो रस्मिको “न्याय मरेको देश”को लोकार्पण

माजमा अपराधका घटनाहरू बढिरहेको अवस्थामा न्याय मौन बन्दै गइरहेको भनाइप्रति लक्षित गर्दै ”न्याय मरेको देश“ नामक भिडियो सार्वजनिक गरिएको छ । मुलुकमा बलात्कारका घटनाहरू दिनहुँ बढिरहेका छन् । नारीहरूमाथि घटेका बलात्कार, एसिड काण्ड र छाउपडी जस्ता विकृति विसंगति एवं अन्धविश्वास विरुद्द तथा नारीमाथि धज्जी उडाउनेहरुप्रति लक्षित यो भिडियोले समाजमा केही सकारात्मक सोच अवश्य ल्याउने छ । हाम्रो समाजलाई फर्केर हेर्ने हो भने नारीमाथि भएका अनेक थरिका घटना बाहिरिएका छन् तर न्यायभने कसैले पाएका छैनन् । कतिपय नारी एसिडको सिकार बनेका छन्,बलात्कृत बनेका छन्,कतिपय छाउपडी गोठमा बस्दा बस्दै प्राण त्याग गरेका छन् । समाजमा यस्ता निर्मम घटनाहरु लगातार घटिरहँदा पनि सम्बन्धित निकायले अपराधीलाई कानुनको कठघरामा ल्याउन नसक्नु बिडम्बना बनेको छ ।

उक्त घटनाहरुप्रति चेतना जगाउने दिने उद्धेश्यले तयार गरिएको राईज एण्ड साईन प्रा.लि.को प्रस्तुती रश्मि शाक्यको निर्माण तथा चलचित्र पत्रकार संघ नेपालकी सदस्य एवं  सञ्चारकर्मी बिना श्रेष्ठको निर्देशनमा तयार भएको “न्याय मरेको देश” नामक म्यूजिक भिडियो हालसालै एक विशेष कार्यक्रम मार्फत लोकार्पण  गरिएको छ। काठमाडौँ कमलादीस्थित राइजिङ मलमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ  गायक सीताराम पोख्रेल,यमन श्रेष्ठ,लामा घ्याप्चो रेम्बोर्छे लगायतको उपस्थिति रहेको थियो । उक्त म्युजिक भिडियो एसथ्रीके इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

म्युजिक भिडियोमा लक्ष्मी बर्देवा,सुशील पोखरेल,साक्षी लम्साल,पूजन घिमिरे,बासु शाही,अनिता पौडेलको अभिनय रहेको छ। राजेश पौडेलको शब्द रचना रहेको गीतमा शान्ति श्री परियारको स्वर रहेको छ भने दिनेश मुस्कानको संगीत ,उत्तम हुमागाईँको छायाङ्कन,अनिल कुमार महर्जनको सम्पादन रहेको छ । यतिबेला सांगीतिक क्षेत्रमा व्यावसायिक गीत संगीत आइरहेका बेला यो गीतको म्युजिक भिडियोले भने सामाजीक न्याय र अपराध, समाजमा घटेका नानाथरी विकृति विसङ्गति,अन्याय अत्याचार,कुरीति,हत्या हिंसा,बलात्कार जस्ता जोखिम घटनाहरूको न्यूनीकरणको लागि अतुलनीय भूमिका खेल्न सक्नेछ ।

म्युजिक भिडियोमा देखाइएका नारीमाथि भएका अनेकथरी अन्याय अत्याचार काल्पनिक नभइ समाजमा घटेका वास्तविक घटनाहरु हुन्  । म्युजिक भिडियोमा देखाइएका दृश्य जस्तै यथार्थ हाम्रो समाजमा यस्तै घटनाले दिन प्रतिदिन जरा गाडेको छ । यस म्यूजिक भिडियोले तत्कालीन सरकारलाई पक्कैपनि केही सोच्न बाध्य गराउनेमा कुनै दुइमत छैन ।

                                                     हेर्नुहोस्  भिडियो :

प्रतिक्रिया दिनुहोस्