Logo

प्रियंका चोपडा र निक जोनसको सम्बन्धलाई लिएर चर्चामा

स्तावेज, श्रावण १५ गते मंगलबार, २०७५, नयाँ दिल्ली –बलिवूड देखि लिएर हलिवूड सम्म प्रियंका चोपडाले आफ्नो अभिनयले तहल्का मचाएकी छिन् । अहिले उनी निक जोनस सँगको सम्बन्धलाई लिएर चर्चामा छिन् । प्रियंका चोपडा र निक जोनसले लुकीछिपि सगाई गरेको भन्ने खबर आइरहेको छ ।

तर यी दुवैले यसको बारेमा खुलेर कुरा गरेका छैनन् । उनीहरूप्रति दिनप्रतिदिन चासो बढिरहेको छ । उनका फ्यानहरू उनीहरूको विवाहको तिथिको बारेमा अड्कल काटिरहेका छन् । सुत्रको अनुसार उनीहरू १६ सेप्टेम्बरमा विवाह गर्दैछन् । यो दिन निकको जन्मदिन हो । १६ सेप्टेम्बरमा निक २६ वर्ष पूरा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्