Logo

उर्वशीको मसाजको बिल डेढ लाख रुपैयाँ!

स्तावेज,फाल्गुण १२ गते, शनिबार,२०७४,नयाँ दिल्ली – हेट स्टोरी–४ मा ‘आशिक बनाया आपने’ गीतको आइटम डान्स गरेपछि उर्वशी रोतेलाको चर्चा अहिले बजारमा खुबै चलेको छ। यही चर्चाका कारण उनले ‘काबिल’ फिल्ममा पनि ‘हसिनो का दिवाना’ गीतमा आइटम डान्स गर्ने मौका पाएकी छिन्। 

हेट स्टोरी–४ मा अभिनय गर्ने क्रममा उनको व्यवहारलाई लिएर नयाँ–नयाँ खुलासा हुन थालेका छन्। फिल्मसँग सम्बन्धित व्यक्तिहरूका अनुसार ‘आशिक बनाया आपने’ गीतका लागि उर्वशीले २५ लाख रुपैयाँ पारिश्रमिक लिएकी थिइन। अन्य स्टार हिरोइनको तुलनामा यो पैसा खासै ठूलो मानिदैन।  

तर, रोचक विषय उनको खर्चलाई लिएर भएको छ। हेट स्टोरी–४ को सुटिङ एक महिना लन्डनमा भएको थियो। उर्वशीले त्यहाँ प्रत्येक साता मसाज र सपिङ गरेर फिल्म युनिटलाई हैरान बनाएको श्रोत बताउँछ। लन्डनमा उनले एक पल्ट गरेको मसाजको खर्च नै डेढ लाख रुपैयाँ आएको थियो। सुटिङकै समय उनले ८५ वटा जुत्ता पनि खरिद गरेकी थिइन्। जुन सुटिङ सकेर भारत फर्किने बेला प्याकिङ गर्न गाह्रो परेको थियो। 

उनले लन्डनबाट फर्किदा ८ वटा आइफोन एक्स पनि खरिद गरेको बताइन्छ। मोडलिङ क्षेत्रमा उर्वशीको राम्रै छाप छ। त्यसैले उनीसँग केही विज्ञापन सम्झौता पनि छन्। उनी सलमान खानको रेस–३ मा पनि देखा परिसकेकी छिन्। हेट स्टोरी–४ भने ९ मार्चमा रिलिज हुनेछ। 

  एजेन्सी

प्रतिक्रिया दिनुहोस्