Logo

ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ अब म्युजिक भिडियोमा

स्तावेज संवाददाता,माघ १७ गते बुधवार, २०७४, काठमाण्डौं – ‘गुडलक’ देखि ‘स्काउट’जस्तो चलचित्रमा नायकको भूमिकामा अभिनय गरिसक्नुभएका ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष तथा पछिल्लो समय अत्यधिक चर्चाको शिखरमा पुग्न सफल नायक नवराज श्रेष्ठले हालसालै एक नयाँ उत्कृष्ट म्युजिक भिडियोमा अभिनय गर्नुभएको  छ । उक्त म्युजिक भिडियोको छायांकन भर्खरै सकिएको जानकारी दस्तावेज डट कमलाई प्राप्त भएको छ ।

प्राप्त जानकारी अनुसार अमेरिकाको कोलोराडो डेनभरको विभिन्न मनमोहक स्थलहरूमा माईनस १८ डिग्री सेन्टिग्रेटको चिसो मौसममा छायांकन गरिएकोे उक्त म्युजिक भिडियोलाई जीवन्त बनाउनको लागि अत्यन्त मनोरम स्थलको छनौट गरिएको थियो । नायक नवराज श्रेष्ठ,नायिका बिनिता बराल,केदार उप्रेती एवं अमेरिकन मोडल एलेसिक्सको पनि अभिनय रहेको उक्त म्युजिक भिडियोमा बरिष्ठ संगीतकार मधुकर लोहनीको शब्द संगीत र गायक मनोज राईको स्वर रहेको  छ । 

भिडियोको निर्देशन निर्देशकद्दय केदार उप्रेती र सुरेन्द्रमान सिंहले गरेका हुन् भने उक्त भिडियोको छायांकन सुरेन्द्रमान सिंहले नै गरेका छन् । सम्पूर्ण छायांकन पुरा गरी बजारमा आउने अन्तिम तयारीमा रहेको म्युजिक भिडियो अमेरिकामा छायांकन भई नेपालमा एक भव्य समारोहका बिच सार्वजनिक गरिने ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष तथा सिने नायक नवराज श्रेष्ठले जानकारी दिनुभयो ।

अत्यन्त खर्चिलो र उत्कृष्ट छायांकन प्रविधि प्रयोग गरिएको नायक नवराज श्रेष्ठ र नायिका बिनिता बराल अभिनित म्युजिक भिडियो नेपाली म्युजिक भिडियो जगतमा नै उत्कृष्ट र अविस्मरणीय हुने उहाँले दाबी गर्नुभएको छ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्