Logo

चलचित्र ‘पिँजडा ब्याक अगेन’ को प्रिमियर शोमा सञ्चिताको ग्ल्यामरस पोज

स्तावेज, माघ ४ गते बिहिवार ,२०७४,काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा सुन्दरी नायिकाको रुपमा चर्चित सञ्चिता लुईंटेल आज दुई सन्तानकी आमा बनिसकेकीछिन् । आमा बनेपछि पनि सञ्चिताको सुन्दरतामा कुनै कमी आएको छैन । हालै सञ्चिता आफनो श्रीमान एवं नायक निखिल उप्रेतीको चलचित्र ‘पिँजडा ब्याक अगेन’ को प्रिमियर शोमा उपस्थित भएकी थिईन् । जहाँ उनको सुन्दरताको तारिफ हरकोहीले गरेका थिए ।

जाडो मौसममा पनि ग्ल्यामरस पहिरनमा देखिएकी सञ्चिताको सुन्दरता झनै छल्किएको थियो । प्रिमियर हेरेपछि सञ्चिताले निखिलको एक्सन नै गजब रहेको प्रतिक्रिया दिएकी छिन् । उनले सामाजिक कथामा चलचित्र बनेको बताईन् । त्यसो त एक छोरा र एक छोरीको आमा समेत बनेकी सञ्चिताले लामो समय पछि ‘नाई नभन्नुल ३’ माफर्त चलचित्र क्षेत्रमा कमव्याक पनि गरिन् । त्यसपछि ‘राधा’ , ‘लिला’ हुदै केही चलचित्रमा अभिनय गरेकी सञ्चिताले पुरानै क्रेज पाउन भने कठिन नै देखियो ।

निखिलको व्यस्तता चलचित्र क्षेत्रमा बढिरहेको बेला उनको व्यस्तता भने त्यती छैन । कुनै समय निखिल र सञ्चिताको जोडी पर्दामा निकै हिट थियो त्यसैले पनि धेरै दर्शकहरु यी दुईको जोडी पर्दामा हेर्न आतुर छन् । हेरौ पर्दामा यो जोडी फेरी कहिले जुर्ने हो ।

प्रतिक्रिया दिनुहोस्