Logo

सुटिङ गर्दागर्दै घाइते भए अमिताभ बच्चन

स्तावेज, माघ ४ गते बिहिवार ,२०७४,काठमाडौं – फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को सुटिङको क्रममा बलिउड अभिनेता अमिताभ बच्चन घाइते भएका छन् । आमिर खानसँग एक्सन गर्नु पर्ने दृश्यमा अमिताव लडेर घाइते भएका हुन् । निर्माण युनिटले सेफ्टीको लागि सामान लगाउन आग्रह गर्दा पनि अमिताभले नमाने पछि उनी घाइते भएका हुन् । 

भारतीय मिडियाले जनाए अनुसार उनको काँधमा गम्बीर चोट लागेको छ । उक्त चलचित्रमा उनले द्दन्दका दृश्यहरू धेरै दिएको जनाएको छ । अमिताभ घाइते भएसँगै चलचित्रको छायाङ्कन प्रभावित भएको भारतीय मिडियाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्