Logo

समय सन्दर्भ : कथा रोटीको, व्यथा जाडोको

                                               – © गणेश खड्का

कि रूई , कि फुई, कि दुई … । यी तीन जाडो छल्ने अचुक औषधी हुन् । रसियाको साइबेरिया लगायत युरोपका विभिन्न मुलुकबाट जाडो छल्न भू-मध्यरेखिय हावापानीतिर बतासिन्छन् कर्‍याङकुरुङहरु पनि । हिमाली प्रदेशका तन्नेरी बसिन्दाहरु आफ्ना भन्ट्याङ भुन्टुङका साथमा मधेसतिर झर्छन् । काँचो लाहा, ठुलो ओखती, पाखनभेद, जेठी मधु बेचेर जीविका चलाउनु उनीहरूको परम्परा हो । जङ्गली जडीबुटीसँग अन्न साट्नुले जीवन धान्नुसँग साइनो जोड्छ । हिँड्न सक्नेलाई आफ्नै लर्कोमा डोहोर्‍याउँछ मानव ज्यान होस् या चौपाया । खुन जम्ने जाडोमा बुढापाकाको कन्तबिजोग हुन्छ । झुपडीभित्र ठुटा-मुढाको राम धुनीसँगै छोडिदिएका बृद्धहरु आफू फर्किँदा जीवित भए भेटघाट छँदै छ, नत्र काजकृया बाहेक अर्को विकल्प हुँदैन । हिउँले पुरिएर सुकुटी भएका चौपाया खनिखोस्री गर्दा भेटिए गुन्द्रुकसँग तरकारी गज्जबले मिल्छ ।

गरिबीले छ्यान्द्रो भएको एउटा झुपडीबाट भित्रै बसीबसी आकाशका तारा मण्डल गन्न सकिन्छ । भोकले अतालिँदै गरेको एउटा बालकले जाडोको चिलाई बिर्स्यो र आफ्नी आमालाई भन्यो , “आमा भोक लाग्यो” आमाले भनिन् – ‘बाबु आजलाई पेटभरि पानी पिएर सुत, म भोलि मेरो राजालाई खोजेरै भए पनि पेटभरी रोटी खान दिन्छु ।‘ आमाको मुखबाट निस्केको रोटी शब्दले बालकको मनलाई झनै तान्यो । थुक निल्दै उसले फेरी सोध्यो,”साँच्चै आमा ?” ‘हो बाबु हो ! साँच्चै म भोलि तिमीलाई धेरै रोटी खान दिन्छु ।‘ आमाले आश्वस्त पारिन् ।

“आङ छोप्नु भन्दा पेट भर्नु मुख्य कुरा हुँदोरहेछ । माथि उल्लिखित रोटीको कथाले देखाउन खोजेको सारतत्व पनि यही सत्य हो । केटाकेटीको जाडो बाख्राले खाइदिन्छ रे । हिउँदे सिरेटोलाई बिर्सेंर रोटी खान खोज्नुले बालकको चरम गरिबीलाई प्रतिबिम्बित गर्छ । धेरै कुरा देखेर अघाउनुपर्ने र थुप्रै चिज सुनेर चित्त बुझाउनुपर्ने नियति हाम्रो रहर नभएर बाध्यता हो । पुस, फासफुस भएर एक वर्षको बाटोमा जाँदै छ । नेपाली संस्कृतिको एउटा छुट्टै अर्थ बोकेको माघे संक्रान्तीले हाम्रो घर दैलो टेक्दैछ। हुने खानेहरूले तामझामसँग माघे सक्रान्ती मान्छन् । एक छाक मिठो खान भोजकै साइत जुर्नुपर्नेहरुको लागि यसले पनि खै के महत्व राख्ला र ? धर्ती छेडेर माथि/माथि निस्केका तरुल जातिका कन्दमूलहरूको पहुँच कति प्रतिशतको हैसियतसम्म पुगे ? विषय गहन बन्न सक्छ यतिबेला ।”

तनतनी एक लोटा पानी पिएर कुकुर गुडुल्किए झैँ गुडुल्किएर सुत्यो बालक । पेटमा मुसा कुद्न थालेपछि निदाउन सकेन उ । त्यसो त आमा झन् कहाँ निदाउन सक्थिन् र ? छोरालाई भोकै सुताउन परेको पीडाले निकै पिरोलिएकी थिइन् उनी पनि । उत्तानो फर्केर टोलाउन थाल्यो बालक । बाहिर हाँसिरहेको चन्द्रमालाई नियाल्दै उसले भन्यो- ‘आमा निद्रा लागेन !‘ ‘सुत बाबु सुत, आँखा चिम्म गर न निद्रा लागिहाल्छ नि !‘ भोकले बाटारिएको पेट सुम्सुम्याउँदै बालकले फेरी भन्यो- “आमा कथा भन्नु न ।” आमा झन् आन्दोलित भइन् । छोरो भोकले निदाउन नसकेको कुरा बुझ्न उनलाई गार्‍हो परेन । आफ्नो गरिबीलाई धिक्कार्दै आँसु बगाइरहिन् उनले। ” छिटो कथा भन्नु न आमा निद्रा नै लागेन । ”

बालकले फेरी उही कुरा दोहोर्‍यायो आमा झन् निस्सासिईन् र विक्षिप्त मनलाई सम्हाल्दै भनिन् , ‘ कस्तो कथा सुन्छौ बाबु ? स्वर्गका परीको ? बालकले ठुस्किँदै भन्यो,उँ हुँ …। जादु बत्तीको नि ? उँ हुँ … । घोडा घोडिको ? उँ हुँ … । राजकुमार र राक्षसको नि ? अँ हँ … । आमाले अलिक दिक्क हुँदै भनिन् , कुन कथा सुनाऊँ त म तिमीलाई ? स्याल र कुकुरको कथा सुन्छौ त ? ‘नाइँ आमा नाइँ, म तपाईँका अरू कुनै कथा सुन्दिन । बरु रोटीको कथा सुनाउनुस् न ! ‘कोल्टे फर्किँदै बालकले भन्यो । ‘हुँदैन छोरा हुँदैन, त्यसो नभन मेरो राजा । म तिमीलाई आज रोटीको कथा सुनाउन सक्दिन । आमाले छोरालाई च्याप्प अँगालोमा बेरिन् र भक्कानिदै रुन थालिन् ।

“समय बतासिँदैछ । जमाना फेरिँदैछ । रितिथिती बदलिँदैछ । हाम्रा पर्व, संस्कार, परम्परा, मान्यता र संस्कृतिलाई फर्केर हेर्ने फुर्सद कसैलाई छैन । जनताले पेटभरि खान नपाउन्जेल सांसदको भत्ता बढाइनु हुँदैन भनेर भारतका एकजना प्रधानमन्त्रीले उद्घोष गरेको इतिहास पढ्छौँ हामी । देशवासीले रोटी खान नपाउन्जेल कसैले केक खान पाउने छैन भनेर लेनिनले खबरदारी गरेको दृष्टान्त ज्यूँदै छ । दुर्भाग्य हामी त्यसको ठिक विपरीत नियति भोग्दै छौँ । एउटा बुद्ध, एउटा वीपी र एउटा पुष्पलाल नजन्मेसम्म त्यो आशा झिनो छ । “

प्रसङ्ग जाडो महिनाको हो । तर आङ छोप्नु भन्दा पेट भर्नु मुख्य कुरा हुँदोरहेछ । माथि उल्लिखित रोटीको कथाले देखाउन खोजेको सारतत्व पनि यही सत्य हो । केटाकेटीको जाडो बाख्राले खाइदिन्छ रे । हिउँदे सिरेटोलाई बिर्सेंर रोटी खान खोज्नुले बालकको चरम गरिबीलाई प्रतिबिम्बित गर्छ । धेरै कुरा देखेर अघाउनुपर्ने र थुप्रै चिज सुनेर चित्त बुझाउनुपर्ने नियति हाम्रो रहर नभएर बाध्यता हो । पुस, फासफुस भएर एक वर्षको बाटोमा जाँदै छ । नेपाली संस्कृतिको एउटा छुट्टै अर्थ बोकेको माघे संक्रान्तीले हाम्रो घर दैलो टेक्दैछ। हुने खानेहरूले तामझामसँग माघे सक्रान्ती मान्छन् । एक छाक मिठो खान भोजकै साइत जुर्नुपर्नेहरुको लागि यसले पनि खै के महत्व राख्ला र ? धर्ती छेडेर माथि/माथि निस्केका तरुल जातिका कन्दमूलहरूको पहुँच कति प्रतिशतको हैसियतसम्म पुगे ? विषय गहन बन्न सक्छ यतिबेला ।

माघ महिना, जाडोको उत्कृष्ठ नाम बोकेको महिना हो यो । माघको नाम सुन्ने बित्तिकै जिउ कपाउँनेहरुको लागिपनि त्यही चिज एक फेरो घुमेर आइपुगेको छ । रुई, फुई र दुई बिना माघ कटाउन हम्मे पर्छ भन्छन् । सडक पेटीमा रात गुजार्नेहरु, जो यी तिनै कुराबाट धेरै पर छन् । तिनीहरूलाई यो भनाइले पनि कुनै सार्थकता नदिन सक्छ । कथित हिटर ताप्ने, न्यानो सिराकमा घुस्रिने र खाली खुट्टा पँधेरोमा जाने अनि रनबन घाँस दाउरा गर्नेहरु बिचको खाडल न माघले पुर्न सक्ला न चैतले ।

“हामी भएर होइन अभावमा दु:ख भोग्दैछौ । तर कोही कहरमा होइन रहरमा सास्ती खेप्दछन् । नत्र सेक्सी देखिने ध्याउन्नमा छातीको उचाइ, नाइटोको गहिराई, र साँप्राको आयतन प्रस्तुत गर्ने सुरमा हाम्रा सम्भ्रान्त र आधुनिक थुप्रै नवयौबनाहरु यो हिउँदको बेला पनि अर्धनग्न सडक र समारोहमा एक्स्पोज हुनुमा के तुक छ त ? होइन भने हिमालको फेदमा चलचित्र कारखाना र विश्वविध्यालय बनाउँदा हुन्छ । डाँफे मुनाल आँखा छोप्न सक्लान् बरु । बर्थ डे पोज मा अन्मिन रमाउनेहरूलाई कुनै धक लाग्दैन । चैतमा रामधुनी ताप्न र माघमा नाङ्गै हिँड्न सक्ने आँट भएकाहरुले एउटा महँगो स्कर्ट किन्ने पैसाले दश जनालाई बक्खु किनिदिए कति सजिलै जान्थ्यो होला एउटा गरीबको हिउँद…? जाडो मनलाई लाग्ने कि तनलाई …? या परिस्थितिलाई …?”

बुढापाकाहरु भन्छन् ,”बलिया बाङ्गा बाघलाई, दुब्ला पातला माघलाई ।” मरिन्छ कि बाँचिन्छ भनेर माघे सक्रान्ती मनाउनु रे ! मुटु छुने माघको जाडोसँगै सबै कुरा बिर्सेंर रोटीको गाथा गाउने इच्छा जाग्यो मलाई यतिबेला एकाएक । मंसिरमा भित्रिएको अन्न माघ नलाग्दै अनिकालमा परिणत हुँदाको पीडा ढुकुटी रित्तिनेहरुलाई मात्र थाहा हुन सक्छ । ज्याकेट र कोट किन्नेहरुको होडमा ढोड ताप्नेहरूको यथार्थ नमिठो रमिता बन्न सक्छ । माघ महिना छ यत्र-तत्र सर्वत्र । मौसमले जाडोलाई एक कित्ता पर हुत्याउने तरखर गर्दैछ अहिले ।

आरु बखडा र पैयूँ फुल्ने मौसम नजिकिँदो छ । घ्यू र तिलको लड्डु खाएर देह तताउनेहरु जाडो भगाएर गर्मी बोलाउने सुरमा छन् । जाडोको उपल्लो महिना भएपनि यही माघलाई सबभन्दा बढी जाडो मान्छन् मान्नेहरू । यद्धपी एक माघले जाडो जाँदैन भन्छन् । माघ सकिने बित्तिकै प्रयोग भइसकेको र मैला भएको बहानामा पुरानो कोट धोबीघाटमा पुर्‍याउनेहरुलाई उपरोक्त भनाइले खासै प्रभाव नपार्ला । न मिनी स्कर्टमा लस्किनेहरुले माघ र जाडोको चेत पाएका होलान् ।

माघ महिनामा जन्मिनेहरू समयको बुढ्यौलीसँगै उमेरको एक खुड्किलो माथि चढ्छन् । यही महिनामा विवाह गर्नेहरु उत्सव मनाउँछन् । दु:ख पाउनेहरूले सराप्छन् होला । जे होस् जाडो मौसम, चिसो समय, ठण्डा हावापानी । समयले धर्म नछाड्नुले हाम्रो भोगाइको आयाम बनेर आइरहँदो रहेछ यो याम । घाम रातो भएपछि जाडो भगाउने बहानामा भट्टी पस्नेहरुले कहिल्यै हिउँदलाई सराप्दैनन् होला शायद । गुन्यु चोलीले फेद टुप्पैसम्म गति छाडेर आधुनिकताको होड चलेको बेला तिघ्रा देखाउन कसले आइतबार बार्छ र ? वसन्त पञ्चमा भुलेर भ्यालेन्टाइन डे मा उचालिनेहरुलाई माघे सक्रान्ती पर्वको रूपमा होइन, चाकु खान पाइने अवसर भन्दा ठुलो केही नहोला ।

तनतनी एक लोटा पानी पिएर कुकुर गुडुल्किए झैँ गुडुल्किएर सुत्यो बालक । पेटमा मुसा कुद्न थालेपछि निदाउन सकेन उ । त्यसो त आमा झन् कहाँ निदाउन सक्थिन् र ? छोरालाई भोकै सुताउन परेको पीडाले निकै पिरोलिएकी थिइन् उनी पनि । उत्तानो फर्केर टोलाउन थाल्यो बालक । बाहिर हाँसिरहेको चन्द्रमालाई नियाल्दै उसले भन्यो- ‘आमा निद्रा लागेन !‘ ‘सुत बाबु सुत, आँखा चिम्म गर न निद्रा लागिहाल्छ नि !‘ भोकले बाटारिएको पेट सुम्सुम्याउँदै बालकले फेरी भन्यो- “आमा कथा भन्नु न ।” आमा झन् आन्दोलित भइन् । छोरो भोकले निदाउन नसकेको कुरा बुझ्न उनलाई गार्‍हो परेन । आफ्नो गरिबीलाई धिक्कार्दै आँसु बगाइरहिन् उनले। ” 

समय बतासिँदैछ । जमाना फेरिँदैछ । रितिथिती बदलिँदैछ । हाम्रा पर्व, संस्कार, परम्परा, मान्यता र संस्कृतिलाई फर्केर हेर्ने फुर्सद कसैलाई छैन । जनताले पेटभरि खान नपाउन्जेल सांसदको भत्ता बढाइनु हुँदैन भनेर भारतका एकजना प्रधानमन्त्रीले उद्घोष गरेको इतिहास पढ्छौँ हामी । देशवासीले रोटी खान नपाउन्जेल कसैले केक खान पाउने छैन भनेर लेनिनले खबरदारी गरेको दृष्टान्त ज्यूँदै छ । दुर्भाग्य हामी त्यसको ठिक विपरीत नियति भोग्दै छौँ । एउटा बुद्ध, एउटा वीपी र एउटा पुष्पलाल नजन्मेसम्म त्यो आशा झिनो छ ।

हामी भएर होइन अभावमा दु:ख भोग्दैछौ । तर कोही कहरमा होइन रहरमा सास्ती खेप्दछन् । नत्र सेक्सी देखिने ध्याउन्नमा छातीको उचाइ, नाइटोको गहिराई, र साँप्राको आयतन प्रस्तुत गर्ने सुरमा हाम्रा सम्भ्रान्त र आधुनिक थुप्रै नवयौबनाहरु यो हिउँदको बेला पनि अर्धनग्न सडक र समारोहमा एक्स्पोज हुनुमा के तुक छ त ? होइन भने हिमालको फेदमा चलचित्र कारखाना र विश्वविध्यालय बनाउँदा हुन्छ । डाँफे मुनाल आँखा छोप्न सक्लान् बरु । बर्थ डे पोज मा अन्मिन रमाउनेहरूलाई कुनै धक लाग्दैन । चैतमा रामधुनी ताप्न र माघमा नाङ्गै हिँड्न सक्ने आँट भएकाहरुले एउटा महँगो स्कर्ट किन्ने पैसाले दश जनालाई बक्खु किनिदिए कति सजिलै जान्थ्यो होला एउटा गरीबको हिउँद…? जाडो मनलाई लाग्ने कि तनलाई …? या परिस्थितिलाई …?

          इटहरी , सुनसरी

    हाल, फ्रिगेट आइल्याण्ड, सेसेल्स 

प्रकाशित मिति, २०७४ साल, माघ ३ गते, बुधवार

 

प्रतिक्रिया दिनुहोस्