Logo

गजल

 

 

  अथाह मनका रहरहरु भित्र -भित्रै मरेका छन्
 केही सुकेका छन्,केही कोपिला मै झरेका छन्

 

गन्तव्यमा पुग्छु भनी साथ रोजेँ जसको मैले
तिनिहरुनै आज खुट्टा तान्न अगाडी सरेका छन्

 

मेहनत जति गरे पनि सकिएन खै शिखर चुम्न
किन कि आफन्तले नै म माथि घात गरेका छन्

 

पीडाले छट्पटी हुन्छ चहर्‍याई रहेछ घाउ मेरो
निको हुनै पाउदैन घाउमा नुन-चुक छरेका छन् 

 

जब म समालिन्छु र उठ्ने प्रयास गर्छु एक्लै,
तब त्यहीँ आस्था भत्काउन लागि परेका छन् ।।

 

    लेखनाथ खनाल “अंकुर”

  अर्जुनचौपारी-६, दरौं स्याङ्जा ।

प्रकाशित मिति, २०७४ साल कार्तिक २२ गते,बुधवार,

प्रतिक्रिया दिनुहोस्