Logo

यो जित होइन, जितको सुरुवात हो बुद्ध भाइ !

“लाखौँ नेपालीको मायाले चुमेको आईडलको उपाधि उपाधीस्वरुप दराजमा नथन्कियोस् तिम्रा भावी सन्ततिलाई गर्व गर्ने स्थान बनोस् पुरस्कार र सम्मानले मात्रै हुन्न लोकको मन जित्न सक्नुपर्छ मलाई विश्वास छ तिमी सफल गायक बन्ने प्रयास गर्ने छौ । भोलिका दिनमा सफल लगनशील मेहनती गायक बन्ने छौ । स्कुले जीवनमै अझ भनौं स्कुलका सुरुवाती दिनहरूमै सिकेको कुरा अनुशासन गोप्यता गीत सङ्गीतमा पनि निराधार लागू हुन्छ । तिमीले गाउने हरेक गीतले विकृति बिसङ्गती अन्याय अत्याचारको विरोध गरून् ।”

              – अमन एकल

जीवन सोचेझैँ सहज सरल कस्लाई पो भएको छ र ? जितको सुनौलो कल्पनामा रम्दै गर्दा हार ब्यहोर्नुपरेका बखत निकै छटपटाहट हुन्छ जिन्दगीमा । जिन्दगीका अनेकौँ परिक्षाहरुमा प्रथम बन्नु असम्भव छ यही सत्य हो ।  Ap 1 च्यानलमा केही समययता सञ्चालित कार्यक्रम नेपाल आइडलका उत्कृष्ट र धेरैका मनमा बसेका कयौँ प्रतियोगीलाई पछार्दै नेपाल आईडलको उपाधि जितेका छौ यो सफलता पक्कै हो तर थपिएको जिम्मेवारी र गर्नुपर्ने कर्तव्य अधिक भएको छ । राजधानीको आडैको जिल्लामा जन्मेका तिमीलाई पोखरेलीले निक्कै माया गरे यो माया सहयोग र हौसला लाई प्रेरणाको श्रोत सम्झिएर अगाडि बढ्नेछौ भन्ने आशा छ ।

 यतिबेला मैले मीठो आवाजका धनी ईन्डिएन आईडल बनेका प्रशान्त तामाङको उदाहरण दिनु सर्वोत्कृष्ट सम्झन्छु । एक होनहार ब्याक्तित्व झिनामसिना प्रलोभनमा अल्झिएर सुन्दर सपनाको जगत नै लथालिङ्ग बनाएर अचेल गुप्तबास बसेका छन् । जीवन सार्थक बनाउन सोच सँगै लक्ष्य चुम्ने साहस र लगनशीलता अनिवार्य तत्वहरु हुन् । सिदार्थ गौतम गौतम बुद्ध बनेर जसरी विश्व जगतमा चिनिन्छन् त्यस्कै केही अंश बटुलेर भए पनि तिमीले प्रथम नेपाल आईडल बनेपछि अबका दिनमा कुन पथमा लम्किने भन्ने निर्णय आजै गर्नुपर्ने हुन्छ ।

यो जगतमा कोहिपनी यस्ता मान्छे छैनन् यो पर्फेक्ट हुन् त्यही मान्छेको भिडका तिमी एक प्रतिभाको धनी व्यक्ति हौ जसले प्रयासरत रहे एक दिन गीत सङ्गीतको दुनियाँमा नेपाल र नेपालीलाई चिनाउन सक्ने सामर्थ्य बोक्न सक्छौ । असफलताले अज्ञानताको अध्यारोलाई उज्यालो बनाउने बाटोमा लम्किन प्रेरित गर्छ तिमी त सफलता र उज्यालो बोकेर आएका छौ यो उज्यालोलाई अझै बढाउने वा निभाउने त्यो सर्वस्व तिमीमा नै छ ।

माछापुच्छ्रेको आँगनमा खेल्दै फेवाको काखमा रम्ने तिमी मेरोलागि भन्ने सोच त्यागेर हामी र हाम्रो लागि सम्झिएर अगाडि बढ्न जरुरी छ । सफलताको यत्ति अगाडि पुगेको मान्छेलाई सायद यी कुरा दोहोर्‍याएर मैले गल्ती गरेको पनि लाग्नसक्छ त्यो तिमीमा निर्भर छ । बर्षातमा उर्लिएको खहरे सागर भेट्न हिमनदि भन्दा कयौँ गुणा हतारमा हुन्छ ।

नदीको सम्मोहनलाई नै विफल तुल्याउदै केही पल नदीलाई नै आफू अनुकूल बनाउनेतर्फ लाग्छ अन्ततः नदीको सम्मोहन स्विकार्दै नदीकै बहाबमा बग्न विवश हुन्छ । गला र कलाले भरिपूर्ण हुँदाहुँदै पनि आजका प्रशान्त तामाङको हाल यस्तै भएको छ । तिमी त्यस्तो बन्नु हुँदैन स्वर सम्राट नारायण गोपाल देखि आजका पुस्ता सम्म आइपुग्दा गीत सङ्गीतले अनेकौँ कोल्टे फेरेपनी नारायण गोपालका गीत खोजीखोजी सुन्नेको कमी छैन । उहाँका अधिकास गीत जीवन्त छन् । तिमी दोस्रो नारायण गोपाल बन्ने प्रयास गर्नु भन्दिनँ म तिमी बुद्ध हौ आफ्नो नाम सार्थक बनाऊ ।

लाखौँ नेपालीको मायाले चुमेको आईडलको उपाधि उपाधीस्वरुप दराजमा नथन्कियोस् तिम्रा भावी सन्ततिलाई गर्व गर्ने स्थान बनोस् पुरस्कार र सम्मानले मात्रै हुन्न लोकको मन जित्न सक्नुपर्छ मलाई विश्वास छ तिमी सफल गायक बन्ने प्रयास गर्ने छौ ।
भोलिका दिनमा सफल लगनशील मेहनती गायक बन्ने छौ । स्कुले जीवनमै अझ भनौं स्कुलका सुरुवाती दिनहरूमै सिकेको कुरा अनुशासन गोप्यता गीत सङ्गीतमा पनि निराधार लागू हुन्छ । तिमीले गाउने हरेक गीतले विकृति बिसङ्गती अन्याय अत्याचारको विरोध गरून् ।

क्षणिक नाम सान सौख र दामको पछि लाग्ने या जीवन्त नाम दाम र सुन्दर छवि त्यो तिम्रो अगाडि छ । नेपाल आईडल जितेर जीवन्त गायनका पथमा हार्नु तिम्रो लागि मात्रै नभएर तिम्रा लागि भोट गर्ने समस्त नेपालीकै हार हुनेछ । आशा छ सदैव यस्ता विषयमा ध्यानाकर्षण भैरहनेछ । तिमीलाई व्यक्तिगत रूपमा नचिनेका कयौँ नेपाली मनको भोटले तिमी आईडल भएका छौ नेपाल आईडल हुनु सामान्य कुरा हो नेपालीको आइडल बनेर देखाउनुछ सदैव दिमागमा यही विषयले स्थान पाओस् ।

अन्तमा जीवन सङ्घर्ष र सम्झौता बिचमा कोरिएको एउटा स्वर्णिम यात्रा हो जहाँ मेहनतले आफ्ना नाम स्वर्णिम अक्षरमा लेख्ने सौभाग्य निकै कमले पाँउछन् । तिम्रो सामु अवसर छ पाएका छौ नेपाली मनले दिएका छन् यो अवसरलाई चुकाउने अथवा मौकामा चौका हान्ने त्यो तिमीमा भर पर्छ । सफलताको अनेकौँ शुभकामना !

  रसुवा भोर्ले

 हाल, युएई

प्रकाशित मिति, २०७४ साल आश्विन ७ गते, शनिबार

प्रतिक्रिया दिनुहोस्