Logo

१८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलका खेल्न नेपाली टोली भुटान प्रस्थान गर्दै

स्तावेज, भाद्र ३१ गते शनिवार, २०७४,काठमाडौं – अठार वर्षमुनिको साफ च्याम्पियसिप फुटबल खेल्न नेपाली टोली शनिबार भुटान जाँदैछ । भुटानमा असोज २ गतेदेखि ११ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुन नेपाली टाली शनिबार दिउँसो थिम्पु जान लागेको हो ।

नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री राजेन्द्र केसीले शुक्रबार विदाइ गर्नुभएको हो । प्रतियोगिताको लागि गएको जेठमा भएको १८ बर्षमुनिको ललित स्मृती प्रतियोगिताबाट खेलाडी छानिएको हो । श्रीलंकाले नखेल्ने भएपछि प्रतियोगिताको ढाँचा परिवर्तन गरेर सबै टोलीले एकअर्कासँग खेल्ने र अंक तालिकाको शीर्षस्थानमा रहने टोलीले उपाधि जित्ने बनाइएको छ । 

नेपालले पहिलो खेल ४ गते भुटानसँग, ६ गते माल्दिभ्ससँग, ९ गते बंगलादेशसँग र ११ गते भारतसँग खेल्दैछ । सन् २०१५ बाट सुरु भएको प्रतियोगिताको पहिलो आयोजना गरेको नेपालले उपाधि पनि जितेको थियो । आफूहरुले डेढ महिनादेखि राम्रो तयारी र कडा मेहेनतका साथ अभ्यास गरेकाले उपाधी जित्ने प्रशिक्षक छिरिङ लोप्साङले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्