Logo

७ वर्षपछि यस्तो देखियो रेखा र आर्यनको केमेस्ट्री, भिडियो

स्तावेज ,भाद्र २८ गते बुधवार २०७४,काठमाडौं – रेखा थापा र आर्यन सिग्देल अभिनित फिल्म ‘रुद्रप्रिया’ को ट्रेलर सार्वजनिक भएको छ । कार्तिक २ गते प्रदर्शन मिति राखिएको यस चलचित्रको अफिसियल ट्रेलर सोमबार सार्वजनिक गरिएको हो ।  यस चलचित्रमा रेखा र आर्यन ७ वर्षपछि पहिलोपटक एकसाथ देखिदै‌ंछन् । दर्शकले निकै रुचाएको यो जोडी ७ वर्षअघि ‘कसले चोर्‍यो मन’ मा अभिनय गरेपछि कुनै पनि चलचित्रमा एकसाथ देखिएका थिएनन् ।  

रेखा फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रको करिब दुई मिनेट लामो ट्रेलरमा एक्सन, प्रेम र रोमान्सलाई देखाइएको छ। रेखा र आर्यनको केमेस्ट्री निकै सुहाएको छ।  सिर्जित मुखर्जीको कथा तथा निर्देशन रहेको फिल्ममा राजन इशान, टीका पहारी लगायतका कलाकारको अभिनय रहेको छ। सञ्जय लामाले छायांकन गरेको चलचित्रमा अर्जुन पोखरेल र राजनराज शिवाकोटीको संगीत छ।

प्रतिक्रिया दिनुहोस्