दसैँ बिशेष : प्रवासी यन्त्रणा र दसैँ
बडा दसैँको अवसर पारेर मातृभूमि जान नपाएको पनि एक दशक नै भएको थियो । यसपालि समयले दूर्गा भवानीको कृपा र आमा-बाबाका आशीर्वाद मिश्रित टीका र जमराले बर्षौंदेखि खाली निधार रंगीन हुनेभएको थियो । कानै भरि कल्कलाउदा पहेला जमरा सिउरिन पाउने दिन नजिकिदै थियो । आँखाभरि हेर्न पाउने भएको थिएँ कमेरो माटो, रातो माटोले सिंगारिएको आफ्नै घर-आँगन ,आफ्नै गाउँ बस्ती । खाडीका आजानका गुञ्जनहरुमा अभ्यस्त कानहरुले धोको पुग्ने गरी घर आँगनीमै सुन्न पाउने भएको थियो आफ्नै देशको सुगन्ध बोकेको मालश्री धुन । मेरै आगमनले डाँडामाथिका घाम सरहका आमा-बाबाका मुहारमा शिशु घामको उत्साह, उमङ्ग र खुसी लेप हुने आशा मनमा सघन भएर आएको थियो ।
– कृष्ण विश्वकर्मा
घटस्थापनाको अघिल्लो साँझ बाह्रघण्टे दाइँबाट लखतरान भई क्याम्प फर्किएको स्थूल शरीरलाई कोठाको फलामे बेडमा पल्टाएर कुमार नगरकोटीको, ” घाटमान्डु”मा पढ्न बाँकी रहेका अन्तिम-अन्तिम पानाहरु पल्टाउँदै थें । खुबै मन परेको जीवन्त कविता ” औंलाहरु” पटक-पटक पढें । पढे पछि शारीरिक र मानसिक थकान बिस्तारै निस्तेज भएको महशुस हुँदै थियो । घाटमाण्डुका अन्तिम पानाहरु सकेर बिट मारें ।
मनमा भित्रिदै गरेको दसैँको रौनकता छताछुल्ल थियो । मन-मस्तिष्कभरि अझै थप रौनकता भर्न मोबाइलको प्ले म्युजिकमा पुगेर नारायण गोपालको कालजयी गीत, ” बिछोडको पीडा नसकी खप्न दसैँको बेलामा….” क्लिक मात्र के गर्न थालेको थिएँ स्थानीय कोड सहितको एउटा अपरिचित कल आयो किरिङरिङ किरिङरिङ…. । गीत सुन्ने मुड नै बिथोली दिएकोले काटीदिएँ र गीत सुन्न थालेँ । पाँच मिनेट पछि पुनः उही अपरिचित नम्बरबाट कल आयो ।
एकमन त फेरि काटीदिऊँ जस्तो लाग्यो । फेरि सोचें नयाँ सिमकार्ड लिएको मेरै कोही साथीको कल होला सम्झेर उठाएँ । एउटा अपरिचित आवाज ठोकियो कानमा । ” बन्दो नमोस्कार । कि खबोर ? तुमी भालो ? ” केही फर्काउनै नपाई ऊ पटट पट्कियो । कुनै बिलकुलै अपरिचित बंगलादेशीको आवाज थियो त्यो । एकमन सोचें रङ नम्बर भनी काटी दिऊँ । फेरि सोचें प्रवासको एक दशकको यो लामो बसाइमा कुनै बंगलादेशीले ‘सलाम वालेकोम बन्दो’ भन्न छोडेर नमस्कार भनेको कहिल्यै सुनेकै थिएन यी कानहरुले ।
अपरिचित बंगलादेशीको त्यो सम्बोधनपछि केही कुरा नगरी काटिहाल्न पनि मन लागेन । “नमोस्कार बन्दो ! आमी भालो” मात्रै के भन्न भ्याथें पुनः रेडियो झैँ सुरुहुन थाली गो- ” बन्दो, अमार नाम रतोन भट्टाचार्जी ,आमी हिन्दु ! आप्नार नाम कृष्णा , राइट ? खुब भालो बन्दो । यस्तै के के के के भन्दै थियो । धेरै कुरा नबुझेपछि उसलाई रोकें र हिन्दी वा अङ्ग्रेजीमा भन्न आग्रह गरेँ । म सुनिरहें । ऊ आफ्नै लवज मिसाएर हिन्दीमा भन्दै गयो । उसको भनाइ अनुसार अल ऐनको फूड वर्ल्ड रेस्टुरेन्टको सभा हलमा सेप्टेम्बर २६ तारिख देखि ३० तारिखसम्म दुर्गा पूजा रहेछ । मलाई र मेरा साथीहरूलाई लिएर साँझ पख आउन नम्र निवेदन गर्यो । क्याम्प टाढा भएमा हामीलाई ल्याउने लैजाने व्यवस्था पनि गरेका रहेछ्न् आयोजनहरुले । मैले बंगलादेशीहरुमा यस्तो अगाध श्रद्धा, सत्कार र आदर भाव कहिल्यै देखेको थिइन । हृदय हर्षविभोर भयो । मैले कृतज्ञता व्यक्त गर्दै सेप्टेम्बर २५ तारिखमा भ्याकेशन जान लागेको कुरा बताएँ । ऊ मलाई अग्रिम बधाई दिँदै क्याम्पमा रहेका अन्य साथीहरूलाई खबर गरिदिनु र मेरो मोबाइल नम्बर दिनु भनेर बार्तालापबाट बिदा लियो ।
फरक देश, फरक भाषा र फरक भूगोलमा रहेर पनि उसले म प्रति देखाएको आत्मीय सम्बन्ध र धार्मिक अपनत्व देखेर म नतमस्तक भएँ । जुन संस्कार, संस्कृति र धर्म हृदयत: अनुसरण गरेर हुर्क्यौ, बढ्यौं ती सबै हृदयको अन्तस्करणको सघन कक्षमा कति धेरै प्राण प्यारो हुन्छ भन्ने कुरा उसले मलाई पुनः स्मरण गराइदिएको थियो ।
धेरै वर्षपछि महान पर्व बडा दसैँ भेट्ने गरी घर जान पाइने उमङ्गले मेरो भुइँमा खुट्टै थिएन । शरीर मात्रै थियो प्रवासमा । मन-मस्तिष्क पहिल्यै पुगिसकेको थियो जन्मभूमि । आफ्नै गाउँ , आफ्नै घर-आँगन । घर जान पाइने खुसीले खाडीको चर्को टन्टलापुर घाम पनि समशितोष्ण मौसम प्रतीत भएको थियो । त्यसै पला झट्ट सम्झेको थें आँसुकवि आदरणीय रमेश खकुरेल गुरुका छ्न्दोबद्ध कविताका केही पाउहरु-
गइन् वर्षा नानी खुलुखुलु पखालेर धरती !
शरत् हाँस्तै आयो सबतिर लगाएर पिरती !!
यस्तो प्रतीत भईरहेको थियो कि शरद ऋतुले मेरै देशको माटो, खोला- नाला, झरना, भञ्ज्याङ, चौतारी , लेख, बेसी उकाली, ओराली आदि आदिमा असीम माया पोखेर बहिरहने समशितोष्ण मौसम खाडीको उग्र घामलाई निस्तेज पारी मलाई सित्तल दिन पठाइ दिएको छ । शरीर भरि उम्रेका पसनाका दानाहरु पनि यस्तो लाग्थ्यो कि शरद ऋतुले मेरै देशबाट पठाइदिएको सित्तल शीत कर्णहरु हुन् ।
बडा दसैँको अवसर पारेर मातृभूमि जान नपाएको पनि एक दशक नै भएको थियो । यसपालि समयले दूर्गा भवानीको कृपा र आमा-बाबाका आशीर्वाद मिश्रित टीका र जमराले बर्षौं देखि खाली निधार रंगीन हुने भएको थियो । कानै भरि कल्कलाउदा पहेला जमरा सिउरिन पाउने दिन नजिकिदै थियो । आँखाभरि हेर्न पाउने भएको थिएँ कमेरो माटो, रातो माटोले सिंगारिएको आफ्नै घर-आँगन । आफ्नै गाउँ बस्ती । खाडीका आजानका गुञ्जनहरुमा अभ्यस्त कानहरुले धोको पुग्ने गरी घर आँगनीमै सुन्न पाउने भएको थियो आफ्नै देशको सुगन्ध बोकेको मालश्री धुन । मेरै आगमनले डाँडामाथिका घाम सरहका आमा-बाबाका मुहारमा शिशु घामको उत्साह, उमङ्ग र खुसी लेप हुने आशा मनमा सघन भएर आएको थियो ।
प्रियाको व्यग्र प्रतीक्षाको लामो दूरी छोट्टिएर अधरमा मिलनको मधुर सुखानुभूति पोतिने समय नजिकिदै थियो । पर्देशी बाबाको आगमनले लालाबालाका मुहारभरि तरंगित हुने मखमली खुशीहरु हेर्न आतुर-आतुर थिएँ । प्रियाले सुतरीको तानमा हाम्रै माया, प्रेम, सम्बन्ध र सुखद जीवन यात्रा कल्पिदै जोडी परालका त्यान्द्रा उन्दै-उन्दै तुरेको अबिटुलो गुन्द्रीमा लहरै बसेर बाबा-आमाका अचुक आशीर्वादहरु- ” हिंड्दा ठेस नलागोस् ,नुहाउदा केश नझरोस् , भगवान् दाहिना हुन् , शत्रु पाइना हुन् ……… ” थाप्न पाउने भएको थिएँ ।लिङ्गे पिङमा चचहुई…. चचहुईका उमुक्त स्वर लहरीहरु हेर्न, सुन्न हरारिदै थिए व्याकुल आँखाहरू, कानहरु ।
प्रवास हिँडेपछि देशको सघन माया हृदयमा अझ राम्ररी घनिभूत हुँदो रहेछ । हरेक पल , हरेक क्षण प्रवासीका मुटुहरुमा देश दुखिरहदो रहेछ । प्रवासी भूमिका स्थानीय चाडपर्व आउँदा, हर्षउल्लासका साथ उनीहरूले मनाइरहेको देख्दा आफ्नै माटोको संस्कार, संस्कृति र सुगन्ध बोकेको चाडपर्व सम्झेर अनायासै आँखाहरू द्रवीभूत हुँदा रहेछ्न् । हृदयमा असीम प्यार र श्रद्धाको मूल फुट्दो रहेछ । देशको अथाह माया गर्ने प्रवासी, देशमा प्रचुर रेमिट्यान्स भित्र्याउने प्रवासी आखिरिमा बुझी ल्याउदा त पासपोर्टको खोस्टोमा साटिएको एक सीमित भूगोलको चौघेरामा खुल्ला छोडिएको कैदी पो रहेछ जसको महत्त्व उसको बलशाली पाखुरी शिवाय न देशलाई छ र प्रवासलाई । न उसको समर्पण र त्यागको हिसाब-किताब नै छ ।
प्रत्येक वर्ष आफ्नो खसम बिनै केही कोशेली बोकी उमङ्गरहीत गह्रौं पाइलाहरू लिई रुझेको बिरालो काखी च्यापेर ठिमीको उकालो उक्लिएझैँ हुनुपर्ने थिएन प्रियालाई माइता जाँदा यसपालि । बर्षौंदेखि छोरी, ज्वाइलाई साथै राखेर दसैँको टीका र आशीर्वाद एकसाथ दिने आसूआमा र ससुरा बाबाका मनोकांक्षा यसैपाली पूरा हुने भएको थियो । प्रतीक्षाको घडी बिताउन किन यति साह्रो हुन्छ होला ! एक पल घन्टौं जस्तो लाग्ने । एक घण्टा बर्षौं जस्तो लाग्ने । अत्यास लाग्दो पर्खाइ भित्र अनेकौं अनेक कल्पनाहरु ओइरिरहेका थिए ।
घटस्थापनाको पर्सीपल्ट सधैँ झैँ ड्युटी जान युनिफर्म पहिरिदै थिएँ त्यसैबेला मोबाइलमा घण्टी बज्यो- किरिङकिरिङ… किरिङकिरिङ । सम्झें प्रियाको कल होला । हिजोमात्रै शपिङ्गको बारे छलफल भएको थियो, के के ल्याउने ? के के नल्याउने ? शायद कुनै सामान भन्न छुटाइकी हुन् कि भनेर कल गरेकी हुन् झैँ लाग्यो किनकि म आज नै किन्न बाँकी छुटेका सामानहरू ड्युटी सकेपछि शपिङ्ग गर्न जाँदैथिएँ । सर्ट प्यान्ट लगाउदै मोबाइलको स्क्रिनमा आँखा हुत्याएँ । कल त प्रियाले गरेकी होइन रहेछिन् । मेरो एरिया सुपरभाइजरले पो कल गरेको रहेछ । मन झनै फुरुङ्ग भयो । सम्झें मेरो एअरटिकट कन्फर्म भएको खबर दिनको लागि होला । सर्टको टाँकहरु पनि लागाउन भ्याएको थिइन । टाँक लगाउन छोडेर हतारमै कल रिसिभ गरेँ । उसको खबरले छाँगाबाट खसे झैँ भएँ । मेरो छुट्टी क्यान्सिल भयो रे ! कम्पनीले हिजो मात्रै ५० जनाको नयाँ कन्ट्र्याक पायो रे ! मेन पावर अर्जेन्ट चाहिएको छ रे ! छुट्टी जान तम्तयार सबैको छुट्टी तीन चार महिना सम्मको लागि क्यान्सिल गरेको छ रे कम्पनीले ! नयाँ मान्छेहरू नल्याएसम्म कोही छुट्टी जान नपाउने रे ! सुपरभाइजरको खबरमा मलाई अझै विश्वास लागेन ।
त्यो एक नमिठो र अप्रिय सपना जस्तै लागेको थियो । हतारिदै मेनेजरलाई कल गरेँ । सुपरभाइजरले भनेको हुबहु खबर उसलेपनि दोहोर्यायो । यसपालि घरमा आउने वचन दिएको छु जानुपर्छ भनेर बिन्ती बिसाएँ । रोएँ , कराएँ । केही सीप लागेन । म बिजि छु भनेर फोन काटिदियो । यस्तो लाग्यो कि मेरो कम्पनी कुनै क्रुर मेजरले चलाएको गुल्म हो र म त्यही गुल्मको एक तुच्छ सिपाही जहाँ मेरो आशा, अपिल संवेदना र भावनाको कुनै कदर थिएन ।
सुपरभाइजरको निर्दयी खबरले शून्य-शून्य भयो मन-मस्तिष्क । जिउ थरर थरर काँप्न थाल्यो । मुटुको धड्कन असैह्य पीडाले फुटुँला झैँ गरी ह्वात्तै बढ्यो । मन-मस्तिष्क र शरीरका सारा पीडा समाहित गरेर आँखाले आँसुको भेल बगाउन थाल्यो । अर्धचेत भई जहाँको त्यही थुचुक्कै बसें । निर्दयी खबरले भर्खरै मेरो खुसी र उमङ्गको निर्मम हत्या गरेको थियो । लगाएका युनिफर्मका टाँकहरु लगाउन बाँकी नै थियो । मोजा पहिरिसकेको पाउहरु जुत्तासम्म पुर्याउनै सकिन । रुमबाट बाहिर एक पाइला चाल्न मन लागेन । बाहिर ड्युटीमा लैजाने ड्राइभरले गाडीमा चर्को चर्को हर्न बजाउँदै थियो । सायद मेरै पर्खाइलाई सङ्केत गर्दै ड्युटी आउन सांकेतिक बोलावट गर्दै थियो ।
पर्खिदा-पर्खिदै कति खेर गएछ क्यारे हर्न बज्न छोडेछ पत्तो नै पाइन । किंकर्तव्यविमूढ भएँ । सुपरभाइजरले धेरै पटक कल गर्यो । कन्ट्रोल रुमबाट धेरै कल आयो । उठाउनै मन लागेन । साँझपख सुपरभाइजर पुनः आयो कोठामा । अर्धचेतन अवस्थामा बेडमै पल्टिरहेको देख्यो । ड्युटी नगएकोले अफिसबाट फाइनल वार्निङ लेटर आएको छ भन्यो । पाँच सय दिर्हाम्सको फाइनको रिसिट पनि थमायो र रुमबाट बाहिरियो । रातभर जस्तो आँखामा दूर-दूरसम्म निन्द्रा थिएन । घर जान नपाएको पिर- व्यथा त छ्दै थियो त्यो भन्दा बेसी पिर- व्यथा फेरि एक पटक परिवार नराम्ररी झुक्किएको कुराले भएको थियो ।
मेरो आगमनको प्रतीक्षामा दिन गनेर औंला भाच्दै बसेका वृद्ध बाबा-आमा, मिलनको व्यग्र प्रतीक्षामा क्यालेण्डरको गते क्रश गरिरहेकी प्रिया र विदेशी चकलेट, गुडिया र नानाको आसमा आमालाई दिनहुँ सोधेर बाबा आउन अब कति दिन बाँकी छ ममी भन्दै सताइरहने लालाबालाहरुलाई के भनी सम्झाउने होला मैले ? कम्पनीले पुनः एक पटक झुठो छोरो, झुठो पति र झुठो बाबा किन साबित गरिदिएको होला मलाई ? कम्पनीले दिएको फाइनल वार्निङ लेटर र पाँच सय दिर्हाम्स फाइन भन्दा पनि यति खेर झुठो सबित हुने कुराले अविच्छिन्न पिरोलीरह्यो ।
एक मन सोचें- रिजाइन गरी दिऊँ । भोलि नै जाऊँ घर ।आमाले उन्ताकै भन्नु भएको उखान सम्झें – “रिस खा आफू , बुद्धि खा अरू । ” सोचें,तातो रिसले अरूलाई भन्दा आफैलाई बेसी हानी पुर्याउँछ । छोरा-छोरीको उच्च शिक्षा सम्झें । उज्ज्वल भविष्य सम्झें । छोराछोरीलाई कलेज जाने बेला मोटर साइलक किनिदिने बाचा सम्झें । बाबा-आमाको सुध्रिदै गएको स्वास्थ्य सम्झें । बाबा-आमाले उप्रान्त घाँस-दाउरा, मेला-पात, कुटो-किदालो गर्न नपरेको सम्झें । परार साल खाइनखाई जोडेको घडेरीमा एउटा राम्रो घर बनाउनै बाँकी रहेको संयुक्त सपना सम्झें । गरगहनाले झरिझप्प भई माइत जाने प्रियाको रहर सम्झें । बेरोजगार हुँदा खुच्चिङ-खुच्चिङ गर्दै काखी बजार्ने आफन्त सम्झें , छिमिकी सम्झें । बाल्यकालमा दिदीले मेरो भाडाकुडी चोरेर लुकाई दिँदा अनि नदिदा बेस्सरी रोई रहेको बेला आमाले “छोरा मान्छे पनि कहीँ रुन्छ्न् त ? भनेको सम्झें । अहिले आएर बल्ल थाह पाएँ आमाले किन छोरा मान्छे रुनु भन्नुभएको रहेछ । धर्ती रोइन् भने धर्तीकै अर्को कुनामा बस्नेले नदेख्न पनि सक्दो रहेछ तर आकाश रोयो भने धर्तीका साराले देख्ने रहेछ्न् र पिर मान्न्ने रहेछ्न् । सायद म आकाशकै एक प्रतिबिम्ब हुँ ।
घर, परिवार, गाउँ र देशबाट टाढा रहदा बिछोडका पलहरुले उत्पन्न गर्ने पीडादायी यन्त्रणाहरुलाई सहजै हजम गरेर चुपचाप-चुपचाप यन्त्रवत जिउछ्न् प्रवासीहरु । परिवारको हाँसो, खुसी, समृद्धि उज्ज्वल भविष्य आदि-आदिका लागि आफ्नै रहर, इच्छा र आकाङ्क्षा भुलेर कर्तव्यपरायण हुन कहिल्यै चुक्दैनन् प्रवासीहरु । बारका घोचाहरुले आँधी, हुरी,वर्षा र झरी सहन नसके कहाँ सुरक्षित भई फुल्न, फक्रन पाउँछन् र करेसा भित्रका बेर्नाहरु ? सायद प्रवासी पनि तिनै करेसामा मुस्कुराइरहेका बेर्नाहरुलाई परतका अनेकन बाधा- व्यवधानबाट सधैँ सुरक्षित राखी जीवन दिने बारका घोचा जस्तै जैविक बिम्बहरु हुन् । प्रवासीहरु तिनीहरू हुन् जो तिनैका लागि उढ्दो चरी खस्ने प्रचण्ड घाम सहजै सहन सक्छन् । जो उभो हेर्दा शिरको टोपीनै खस्ने हाइराइज्ड टावरहरुका रंगीन शिशाहरुको धुलो टक्टकाउन जिउको प्रवाह नै नगरी स्काफोल्डिङ्गहरुमा एकसरो डोरीको सहाराले तुर्लुङ्ग झुण्डिन सक्छन् । चाडबाडमा घर फिर्न नपाउदा पनि सबैलाई सुखद दसैँको कामना गर्दै सात समुद्र पारिबाट भित्र-भित्रै रुन्चेहाँसो हासेरै सही चाडबाडलाई सहजै बिदा गर्न सक्छन् ।
प्रवास हिँडेपछि देशको सघन माया हृदयमा अझ राम्ररी घनिभूत हुँदो रहेछ । हरेक पल , हरेक क्षण प्रवासीका मुटुहरुमा देश दुखिरहदो रहेछ । प्रवासी भूमिका स्थानीय चाडपर्व आउँदा, हर्षउल्लासका साथ उनीहरूले मनाइरहेको देख्दा आफ्नै माटोको संस्कार, संस्कृति र सुगन्ध बोकेको चाडपर्व सम्झेर अनायासै आँखाहरू द्रवीभूत हुँदा रहेछ्न् । हृदयमा असीम प्यार र श्रद्धाको मूल फुट्दो रहेछ । देशको अथाह माया गर्ने प्रवासी, देशमा प्रचुर रेमिट्यान्स भित्र्याउने प्रवासी आखिरिमा बुझी ल्याउदा त पासपोर्टको खोस्टोमा साटिएको एक सीमित भूगोलको चौघेरामा खुल्ला छोडिएको कैदी पो रहेछ जसको महत्त्व उसको बलशाली पाखुरी शिवाय न देशलाई छ र प्रवासलाई । न उसको समर्पण र त्यागको हिसाब-किताब नै छ ।
केही दिन अघिसम्म मेरो आगमन हुने खबरले फुरुङ्ग रहेकी मेरी प्रिया आउन नपाउने अप्रिय खबरले एकाएक टुटेकी थिइन् । बाबा-आमा र छोराछोरीलाई भन्ने मेरो आँट नै थिएन ।परिवेश र परिस्थितिले हामी सबैको खुसी पुन: एक पटक लुटेको थियो । मुर्च्छनाहरुमा यन्त्रवत दौनिकी जसोतसो चलाउदै थें । यस्तैमा उहीँ बंगलादेशी रतोन भट्टारार्जीको कल आयो । कल उठाउनासाथ ऊ फेरि पहिला झैँ नै भट्भटाउन थाली गो- ” बन्दो, नमोस्कार । आमी रतोन भट्टाचार्जी । कि खबोर ? आप्नार छुटी कि हुइसे ? छुट्टीको कुरा सुन्नासाथ क्यान्सिल भयो भने ।
घर, परिवार, गाउँ र देशबाट टाढा रहदा बिछोडका पलहरुले उत्पन्न गर्ने पीडादायी यन्त्रणाहरुलाई सहजै हजम गरेर चुपचाप-चुपचाप यन्त्रवत जिउछ्न् प्रवासीहरु । परिवारको हाँसो, खुसी, समृद्धि उज्ज्वल भविष्य आदि-आदिका लागि आफ्नै रहर, इच्छा र आकाङ्क्षा भुलेर कर्तव्यपरायण हुन कहिल्यै चुक्दैनन् प्रवासीहरु । बारका घोचाहरुले आँधी, हुरी,वर्षा र झरी सहन नसके कहाँ सुरक्षित भई फुल्न, फक्रन पाउँछन् र करेसा भित्रका बेर्नाहरु ? सायद प्रवासी पनि तिनै करेसामा मुस्कुराइरहेका बेर्नाहरुलाई परतका अनेकन बाधा- व्यवधानबाट सधैँ सुरक्षित राखी जीवन दिने बारका घोचा जस्तै जैविक बिम्बहरु हुन् । प्रवासीहरु तिनीहरू हुन् जो तिनैका लागि उढ्दो चरी खस्ने प्रचण्ड घाम सहजै सहन सक्छन् । जो उभो हेर्दा शिरको टोपीनै खस्ने हाइराइज्ड टावरहरुका रंगीन शिशाहरुको धुलो टक्टकाउन जिउको प्रवाह नै नगरी स्काफोल्डिङ्गहरुमा एकसरो डोरीको सहाराले तुर्लुङ्ग झुण्डिन सक्छन् । चाडबाडमा घर फिर्न नपाउदा पनि सबैलाई सुखद दसैँको कामना गर्दै सात समुद्र पारिबाट भित्र-भित्रै रुन्चेहाँसो हासेरै सही चाडबाडलाई सहजै बिदा गर्न सक्छन् ।
मेरो छुट्टी क्यान्सिल भएको कुराले म दुखी भएको बुझेर बडो मायाँले अभिभावक झैँ नै सम्झाउन थाल्यो । किन किन उसको कुरा सुनिरहन मन पनि भयो । सष्टी देखि दशमीसम्म दूर्गापूजा हुने स्थानमा आउन पुनः आग्रह गर्यो । आउन जान गाह्रो भए गाडीमा ल्याउने पुर्याउने कुरा पनि पुनः दोहोर्यायो । एउटा अपरिचित बंगलादेशीले मलाई किन यति धेरै अपनत्व देखाइरहेको होला भनेर आश्चर्यमा परेर सोधेँ । भन्दैथ्यो मेरो नामैले म एक शुद्ध हिन्दु हो रे ! त्यसैले ऊ मप्रति निकै अपनत्व महशुस गर्दो रहेछ । म स्वभावले वा प्रकृतिले नास्तिक वा आस्थिक के थिएँ ? उसलाई त्यो जान्नु नै थिएन । नामकै भरमा यति धेरै आदर सम्मान र अपनत्व देखेर हिन्दु हुनुमा पहिलो चोटि आफै प्रति गर्व लाग्यो।
सबै प्रियजनहरुले लाइक, कमेण्ट गरेर पुनः शुभकामना संदेश फर्काए । केही समयपछि इन बक्समा प्रियाको एउटा मेसेज आयो । दसैँको शुभकामना सहित फोटोशपबाट फोटोहरू इडिट गरेर हामी स-परिवार लहरै बसेर दसैँको टीका लगाएको फोटो बनाएर पठाएकी रैछिन् । फोटो हेरेर भावविह्वल भएँ । उनीलाई दुई तीनवटा सङ्गै हात समाएर बुरुक बुरुक उफ्रेको इमोजी स्टिकर सहित प्रतिउत्तर त फर्काएँ तर आँखाहरू थामिनै सकेनन् र परेलीको डिलबाट उर्लीबगे । उनीले नै पोहोरो परार साल पठाएको दसैँ विशेष तस्बिरहरू मोबाइलको ग्यालेरीमा हेर्दै टोलाइरहेको थिएँ एउटा कस्टोमर कति मिनेटदेखि मेरै अघि सहयोगको अपेक्षामा चुपचाप उभिरहेको रहेछ । उसले “एक्स्क्युज मी” भने पछि पो झसङ्ग भैं हतार-हतार “गुड मर्निङ सर । हाउ मे आइ हेल्प यु ? ” भन्न भ्याएँ । मेरो टलपल- टलपल आँखा देखेपछि खै कुन्नि के ठान्यो उसले केही नसोधिकनै लुरुलुरु आफ्नो बाटो लाग्यो । म एकतमास उसैलाई हेरिरहेँ…..डराइरहेँ ।